शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

विभागीय डर्बी बाहिरको टोलीसँग भिड्दै एपिएफ

सोमबार, भदौ २४, २०८१खेलपाटी संवाददाता
विभागीय डर्बी बाहिरको टोलीसँग भिड्दै एपिएफ
Classic Tech Internet Ad

काठमाडौं। राष्ट्रिय टोलीका अधिकांश खेलाडी भएर पनि विभागीय डर्बीमा राम्रो खेल पस्किन नसकेको एपिएफले अब एन्फा महिला लिगमा लामो सास फेर्न पाउनेछ। 

किनभने अब उसको लडाइँ डर्बी बाहिरका टोलीसँग हुनेछ। मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डे भन्छन्, ‘विभागीय टोलीसँग भएर अलिक गाह्रै भयो। हामीलाई अब केही सहज हुनेछ।’ 

साबिक विजेता एपिएफले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई दबाबमै राखेको थियो। तर, सावित्री भण्डारीविना खेलेको एपिएफले पाएको मौकालाई सदूपयोग गर्न सकेन। त्यसैले लिगका पछिल्ला आठ खेलमा पहिलोपल्ट एपिएफ अंक बाँड्न बाध्य भएको थियो। 

दोस्रो खेल पनि एपिएफका लागि त्यति सहज बनेन। त्रिभुवन आर्मीकी गोलकिपर अन्जना रानामगरले बल क्लियर गर्न सक्ने अवस्थामा मिडफिल्डर अनिता केसीलाई डी बक्सभित्र लडाएपछि एपिएफले लिगमा पहिलो जितको स्वाद चाख्न पाएको थियो। त्यो जित थियो २-१ को।

उक्त खेलमा २-१ को जित हासिल गर्दै चार अंक पुर्‍याएको एपिएफ तालिकामा तेस्रो स्थानमा छ। अब यो स्थान सुधार्न एपिएफले सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अपरान्ह्र ४:१५ बजे हुने खेलमा चन्द्रपुर नगरपालिकाको सामना गर्नेछ। 

चन्द्रपुरले जारी लिगमा लय भेटाउन सकेको छैन। पहिलो खेलमै  चन्द्रपुरले कोशी प्रदेशसँग १-१ को बराबरी खेलेको थियो। लगभग अंक गुमाइसकेको अवस्थामा रजनी थोकरले गोल गर्दै चन्द्रपुरलाई हारबाट बचाएकी थिइन्। दोस्रो खेलमा पनि लिगकै कमजोर टोली संकटा फुटबल क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो। 

चन्द्रपुर दुई अंकसहित तालिकाको सातौं स्थानमा छ। सोमबारको खेलमा चन्द्रपुरको लक्ष्य एफिएफलाई रोक्ने नै हुनेछ। यो गर्न सके चन्द्रपुरले थप एक अंक पाउने छ। 
 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले भारतलाई हरायो

नेपालले भारतलाई हरायो

साम्बा सम्मिलित वेलिङ्टन हारबाट जोगियो

साम्बा सम्मिलित वेलिङ्टन हारबाट जोगियो

साम्बाको डेब्युको प्रतीक्षा

साम्बाको डेब्युको प्रतीक्षा

Bajaj Pulsar Motorcycle Ad
नेपालले भारतलाई हरायो

नेपालले भारतलाई हरायो

साम्बा सम्मिलित वेलिङ्टन हारबाट जोगियो

साम्बा सम्मिलित वेलिङ्टन हारबाट जोगियो

साम्बाको डेब्युको प्रतीक्षा

साम्बाको डेब्युको प्रतीक्षा

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

‘फिफा द बेस्ट’मा अटाएनन् मेसी र रोनाल्डो

‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

‘हामी मैदानमा खेल्न चाहन्छौं, सडकमा होइन’

एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे

एक वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा फर्किए कान्टे