आठ वर्षपछि भुटानसँग बंगलादेश पराजित
आइतबार, भदौ २३, २०८१खेलपाटी संवाददाता

काठमाडौं। भुटानले करिब आठ वर्षपछि बंगलादेशलाई पराजित गरेको छ।
आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टोली भुटानले बंगलादेशलाई १-० ले पराजित गरेको हो। यसअघिको पहिलो मैत्रीपूर्ण खेलमा भने भुटानलाई बंगलादेशले यही स्कोरले पराजित गरेको थियो।
भुटानको जितमा पारो एफसीका फरवार्ड किंगा वाङचुकले गरेको गोल नै निर्णायक बन्यो। उनले ८५औं मिनेटमा पेनाल्टी बक्सबाट बललाई जाली चुमाएका थिए।
सेप्टेम्बर २०१६ मा भएको एएफसी एसियन कप छनोटमा भुटानले बंगलादेशलाई ३-१ ले पराजित गरेको थियो। त्यो नै बंगलादेशविरुद्ध भुटानले हात पारेको पहिलो जित थियो। त्यसयता भुटान र बंगलादेशबीच पाँच खेल भएका थिए। ती सबै खेलमा बंगलादेशले जित हासिल गरेको थियो।








-1761130437587.jpg&w=3840&q=75)




