पाकिस्तान र बंगलादेशबीचको दोस्रो टेस्ट दर्शकविना खेलाइने
बिहिबार, साउन ३१, २०८१खेलपाटी संवाददाता

काठमाडौं। पाकिस्तान र बंगलादेशबीच हुने दोस्रो टेस्ट दर्शकविना खेलाइने भएको छ। दोस्रो र अन्तिम टेस्ट अगस्ट ३० देखि कराँचीमा प्रस्तावित छ। कराँचीको नेशनल स्टेडियममा निर्माण कार्य भइरहेकाले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले दर्शकविना नै खेलाउने निर्णय गरेको हो।
कराँचीसँगै लाहोरको गद्दाफी स्टेडियममा पनि पुनर्निर्माणको काम भइरहेको छ। पाकिस्तानले यस सिजन घरेलु मैदानमा सातवटा टेस्ट खेल खेल्नुपर्नेछ र ती सबै तीन शहरमा हुनेछन्। लाहोर र कराँचीबाहेक तेस्रो सहर मुल्तान हो। जसले अक्टोबर ७ बाट इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिजको पहिलो खेल आयोजना गर्नेछ।
अक्टोबर १५ देखि इंग्ल्याण्डविरुद्ध हुने टेस्ट पनि कराँचीमा हुनेछ, जसमा दर्शकको पूर्ण उपस्थिति रहने अपेक्षा गरिएको छ।












%20(1)-1761905198112.png&w=3840&q=75)

