पदक तालिकामा शीर्षमा कायमै अमेरिका, चौथो स्थानमा उक्लियो जापान
२०२४ अगस्ट १०, शनिबारखेलपाटी संवाददाता

काठमाडौं। अमेरिका पेरिस ओलम्पिक २०२४ को १४औं दिन पनि पदक तालिकामा शीर्ष स्थान कायमै रहेको छ।
अमेरिकाले ३३ स्वर्ण, ३९ रजत र ३९ कांस्यसहित १११ पदक जितेको छ। अमेरिकाले शुक्रबार
३ स्वर्ण, १ रजत र ४ कांस्यसहित ८ पदक जित्यो। ८३ पदकसहित चीन दोस्रो स्थानमा यथावत् छ। चीनले १४औं दिनको समाप्तिमा ३३ स्वर्ण, २७ रजत र २३ कांस्य जितेको छ।
यस्तै, अस्ट्रेलिया तेस्रो स्थानमा छ। अस्ट्रेलियाले अस्ट्रेलियाले १८ स्वर्ण, १६ रजत र १४ कांस्यसहित ४८ पदक जितेको छ।
आयोजक फ्रान्सलाई उछिन्दै जापान चौथो स्थानमा उक्लिएको छ। जापानले १६ स्वर्ण, ८ रजत र १३ कांस्यसहित ३७ पदक जितेको छ।