पिएसजी भित्रिने पहिलो इक्वेडरका खेलाडी बने पाचो
शनिबार, साउन २६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। पेरिस सेन्ट जर्मेन (पिएसजी) ले इक्वेडरका सेन्टर ब्याक विलियन पाचोलाई अनुबन्ध गरेको छ। पिएसजीले २२ वर्षीय खेलाडीलाई बुन्डेसलिगा क्लब इन्ट्राच्ट फ्रान्कफर्टबाट सन् २०२९ सम्मका लागि अनुबन्ध गरेको हो।
पीएसजी र फ्रान्कफर्ट दुवैले सम्झौताको वित्तीय विवरण सार्वजनिक गरेका छैनन्। पिएसजी भित्रिने उनी पहिलो इक्वेडरका खेलाडी बनेका छन्।
उनले इक्वेडरको इन्डिपेन्डेन्ट डेल भालेबाट आफ्नो क्यारियर सुरु गरेका थिए। गत वर्ष उनले बेल्जियम प्रो लिग क्लब रोयल एन्टवर्पबाट खेले। फ्रान्कफर्टका भने उनले सबै प्रतियोगितामा ४४ खेल खेलेका छन्।






-1762161953662.webp&w=3840&q=75)
-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762154705887.png&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)


