कोस्टारिकाका मुख्य प्रशिक्षकले दिए राजीनामा
शनिबार, साउन २६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। गुस्ताभो अल्फारोले कोस्टारिकाको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका छन्।
अर्जेन्टिनाका सञ्चारमाध्यमका अनुसार अल्फारोलाई पराग्वेको प्रशिक्षकका रुपमा डेनियल गार्नोको सम्भावित उत्तराधिकारीका रुपमा हेरिएको छ।
यस वर्षको कोपा अमेरिकामा कोस्टारिका समूह चरणबाटै बाहिरिएको थियो। त्यसभन्दा अगाडि ६१ वर्षीय अल्फारोले इक्वेडरलाई कतार विश्वकप २०२२ मा पुर्याएका थिए।
'कोस्टारिकाको टोलीको नेतृत्व गर्ने क्रममा गुस्ताभो र उनको टोलीले गरेको समर्पणका लागि हामी धन्यवाद दिन्छौं,' महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।