एनआरटीको जितमा विज्ञानको ह्याट्रिक

काठमाडौं। कप्तान विज्ञान खड्काको ह्याट्रिकप्रेरित न्युरोड टिम (एनआरटी) ले ललित स्मृति एन्फा यु-१८ यूथ लिगमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा एनआरटी ४-२ ले विजयी भएको हो।
जितसँगै सात खेलबाट १६ अंक जोडेको एनआरटी दोस्रो स्थानमा उक्लिएको छ। समान खेलबाट चार अंक रहेको आर्मी १०औं स्थानमा छ।
२२औं मिनेटमा सन्तोष गोन्ग्बाको गोलमार्फत एनआरटीले सुरुआती अग्रता लिएको थियो। त्यसको ६ मिनेटपछि नै विज्ञानले पेनाल्टीमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
४२औं मिनेटमा उनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। दुई मिनेटपछि नै आर्मीका भुवन कामीले गोल गर्दा खेल ३-१ को स्थितिमा ल्याए।
६८औं मिनेटमा अनुभव पुरीले पेनाल्टीमार्फत गोल गर्दै आर्मीलाई खेलमा फर्काउने संकेत दिएका थिए। तर, इन्जुरी समयमा विज्ञानले ह्याट्रिक पूरा गरेपछि एनआरटीले ४-२ को जित पक्का भएको थियो।











-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)