बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
Bhat Bhateni Supermarket Ad

प्रेमलाई हान्मदाङमा रजत

बुधबार, १६ श्रावण २०८१खेलपाटी संवाददाता
प्रेमलाई हान्मदाङमा रजत
mustang rice ad

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य पदक विजेता प्रेमबहादुर लिम्बुले विश्व तेक्वान्दो हान्मदाङमा रजत पदक जितेका छन्। दक्षिण कोरियाको मुङइयोङमा सम्पन्न प्रतियोगितामा प्रेमबहादुरले व्यक्तिगत पुम्से विधामा रजत पदक जितेका हुन्।

उनका प्रशिक्षक जगन अधिकारीले प्रेम फाइनलमा मेक्सिकोका योन सियोकसँग ७.८९९–८.०९९ को झिनो अन्तरले पराजित हुन पुगे। त्यस अघि प्रेमले पहिलो खेलमा अमेरिकाका माइकललाई ८–७ अङ्कले हराएका थिए। दोस्रो खेलमा पनि प्रेमले दक्षिण कोरियाका ट्याइलरलाई ८.१६६ – ७.६८३ अङ्कले हराउँदै क्वाटरफाइनलमा  पुगे।

प्रेमले क्वाटरफाइनलमा एलेक्सिसलाई ७.७४९–७.१४९ अङ्कले र सेमिफाइनलमा जोवनलाई ७.९६६–७.७६६ अङ्कले हराउँदै स्वर्ण पदकको भिडन्त तय गरेका थिए।

तर, फाइनलमा भने उनी झिनो अन्तरले पराजित भएपछि रजत पदकमा नै सीमित भए।  कुल ५५ राष्ट्रका चार हजार पाँच सय खेलाडीले उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए। यस अघि प्रेमले दक्षिण कोरियाको सङ्नाममा सम्पन्न खुला अन्तर्राष्ट्रिय सङ्नाम तेक्वान्दो प्रतियोगितामा पनि रजत पदक जितेका थिए।

नेपालका कोरियन प्रशिक्षक योङदल क्वानले पनि प्रशिक्षण पाएका प्रेमले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा एक दर्जनभन्दा धेरै पदक जितेका छन्।

२०७३ देखि नेपाल पुलिस क्लबमा आबद्ध हुँदै तेक्वान्दो खेल्दै आएका प्रेमले आठौँ, नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक र १९औं एसियन गेममा पाँचौँ कांस्य पदक जितेका थिए। एसियाली तेक्वान्दो हान्मदाङ च्याम्पियनसिप र इन्डोनेसियामा कास्य पदक, माफिया अन्तर्राष्ट्रिय च्याम्पियनसिप थाइल्यान्डमा स्वर्ण पदक, सिनसुङ विश्वविद्यालय दक्षिण कोरियामा स्वर्ण पदक र ११औं सेङनाम अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप रजत पदक प्रेमको नाममा छ।

२०२६ मा हुने २०औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका प्रेमले तयारी पनि गरिरहेका छन्। उनी आगामी तीन अगस्टमा नेपाल फर्कने कार्यक्रम रहेको छ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

चीनमा नेपाली तेक्वान्दो टोलीलाई ४ स्वर्णसहित २६ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

Bajaj Pulsar Motorcycle Ad
‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली