आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. तेक्वान्दो
  4. /
  5. प्रेमलाई हान्मदाङमा रजत

प्रेमलाई हान्मदाङमा रजत

२०२४ जुलाई ३१, बुधबारखेलपाटी संवाददाता

प्रेमलाई हान्मदाङमा रजत

काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य पदक विजेता प्रेमबहादुर लिम्बुले विश्व तेक्वान्दो हान्मदाङमा रजत पदक जितेका छन्। दक्षिण कोरियाको मुङइयोङमा सम्पन्न प्रतियोगितामा प्रेमबहादुरले व्यक्तिगत पुम्से विधामा रजत पदक जितेका हुन्।

उनका प्रशिक्षक जगन अधिकारीले प्रेम फाइनलमा मेक्सिकोका योन सियोकसँग ७.८९९–८.०९९ को झिनो अन्तरले पराजित हुन पुगे। त्यस अघि प्रेमले पहिलो खेलमा अमेरिकाका माइकललाई ८–७ अङ्कले हराएका थिए। दोस्रो खेलमा पनि प्रेमले दक्षिण कोरियाका ट्याइलरलाई ८.१६६ – ७.६८३ अङ्कले हराउँदै क्वाटरफाइनलमा  पुगे।

प्रेमले क्वाटरफाइनलमा एलेक्सिसलाई ७.७४९–७.१४९ अङ्कले र सेमिफाइनलमा जोवनलाई ७.९६६–७.७६६ अङ्कले हराउँदै स्वर्ण पदकको भिडन्त तय गरेका थिए।

तर, फाइनलमा भने उनी झिनो अन्तरले पराजित भएपछि रजत पदकमा नै सीमित भए।  कुल ५५ राष्ट्रका चार हजार पाँच सय खेलाडीले उक्त च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका थिए। यस अघि प्रेमले दक्षिण कोरियाको सङ्नाममा सम्पन्न खुला अन्तर्राष्ट्रिय सङ्नाम तेक्वान्दो प्रतियोगितामा पनि रजत पदक जितेका थिए।

नेपालका कोरियन प्रशिक्षक योङदल क्वानले पनि प्रशिक्षण पाएका प्रेमले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा एक दर्जनभन्दा धेरै पदक जितेका छन्।

२०७३ देखि नेपाल पुलिस क्लबमा आबद्ध हुँदै तेक्वान्दो खेल्दै आएका प्रेमले आठौँ, नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक र १९औं एसियन गेममा पाँचौँ कांस्य पदक जितेका थिए। एसियाली तेक्वान्दो हान्मदाङ च्याम्पियनसिप र इन्डोनेसियामा कास्य पदक, माफिया अन्तर्राष्ट्रिय च्याम्पियनसिप थाइल्यान्डमा स्वर्ण पदक, सिनसुङ विश्वविद्यालय दक्षिण कोरियामा स्वर्ण पदक र ११औं सेङनाम अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप रजत पदक प्रेमको नाममा छ।

२०२६ मा हुने २०औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका प्रेमले तयारी पनि गरिरहेका छन्। उनी आगामी तीन अगस्टमा नेपाल फर्कने कार्यक्रम रहेको छ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

१३औं कोटेश्वर अन्तर डोजाङ तेक्वान्दो प्रतियोगिता शनिबार

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

नेपालले आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप खेल्ने

काजल उत्कृष्ट निर्णायक

काजल उत्कृष्ट निर्णायक

Bhat Bhateni
नाइट रन स्थगित

नाइट रन स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु