मंगलबार, ०१ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Bhat Bhateni Supermarket Ad

अनपेक्षाकृत नतिजा आत्मसात् गरेका स्यान्टु

आइतबार, १३ श्रावण २०८१खेलपाटी संवाददाता
अनपेक्षाकृत नतिजा आत्मसात् गरेका स्यान्टु
Classic Tech Internet Ad

काठमाडौं। नेपाली टेबल टेनिसमा इतिहासमा स्यान्टु श्रेष्ठ त्यसको नाम थियो, जसले पहिलोपल्ट छनोटचरण पार गरेर पेरिस ओलम्पिक २०२४ मा स्थान बनाएका थिए। उनी यो ओलम्पिकमा छनोटचरण पार गरेर स्थान बनाउने एकमात्रै खेलाडी थिए। त्यसैले पनि उनीमाथि ठूलो आस राखिएको थियो। तर, शनिबार साउथ पेरिस एरिना ४ मा भएको प्रिलिमिनरी राउन्डको पुरुष सिंगल्समा स्यान्टुले सेनेगलका इब्राहिम डिएवलाई चुनौती दिन सकेन। र, पराजित भए, ४–० को सोझो सेटमा।

‘बेस्ट अफ सेभेन’ को खेलमा इब्राहिमले स्यान्टुलाई १२–१०, ११–३, ११–४ र ११–५ ले हराए। इब्राहिमलाई जित निकाल्न २४ मिनेट मात्रै लागेको थियो। पहिलो सेटको नतिजा ८ मिनेटमा आफ्नो पक्षमा पारेका इब्राहिमले दोस्रो र तेस्रो सेट जित्न समान ५–५ मिनेट लगाए। चौथो सेट इब्राहिमले ६ मिनेटको अवधिमा जिते। पहिलो सेटमा श्यान्टु ७–३ ले अगाडि रहेको अवस्थालाई उल्ट्याउदै इब्राहिमले जित हात पारेका थिए। बाँकी सेटको नतिजा भने इब्राहिमले सहजै आफ्नो पक्षमा पारे। हारसँगै स्यान्टु प्रतियोगिताबाट बाहिरिएका छन् भने इब्राहिम राउन्ड अफ ६४ मा प्रवेश गरेका छन्।

चारपटकका राष्ट्रिय च्याम्पियन स्यान्टुले सोचेभन्दा फरक नतिजा आएको बताए। ‘प्रतिद्वन्द्वी राम्रो भएपनि ४–० को नतिजा मैले सोचेको नतिजा भने होइन। ओलम्पिकमा पहिलो सहभागिता भएकाले पनि नर्भस पनि भएँ। दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुदलगायत थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव छ। तर, ओलम्पिक सोचेभन्दा फरक हुँदोरहेछ,’ २४ वर्षीय स्यान्टुले भने।

दक्षिण एसियाली खेलकुद (साग) को एकै संस्करणमा चार पदक जित्ने खेलाडी हुन् स्यान्टु। नेपालमा भएको १३औं सागमा उनले टिम इभेन्टमा रजत तथा सिंगल्स, डबल्स र मिक्स डबल्समा कांस्य जितेका थिए।

विगत दुई वर्षयता अध्ययनको सिलसिलामा अस्ट्रेलिया बस्दै आएका उनले ओलम्पिकको तयारी पनि अस्ट्रेलिया मै गरेका थिए। ओलम्पिकमा सहभागी हुन अस्ट्रेलियाबाट पेरिस आएका उनी पेरिसबाटै अस्ट्रेलिया जाने छन्।

उनका प्रशिक्षक राजेन्द्र कपालीले श्यान्टुले सक्दो राम्रो खेलेको प्रतिक्रिया दिँदै प्रतिद्वन्द्वी धेरै राम्रो भएकाले हार बोहोर्नु परेको बताए।

‘उनले सक्दो राम्रो खेलेका हुन्। प्रतिद्वन्द्वी धैरे राम्रो खेलाडी हो। इब्राहिमको फोरह्यान्ड र ब्याकह्यान्ड पावर ड्राइभ एकदमै राम्रो थियो। हामीले शत हानेको बललाई इब्राहिमले रोक्ने होइन कि उल्टै हानी रहेका हुन्थे,’ टेबलटेनिसका मुख्य प्रशिक्षकसमेत रहेका कपालीले भने, ‘पहिलो सेटमा श्यान्टु ७–३ ले अगाडि थिए। त्यो सेट जितेको भए प्रतिद्वन्द्वीमाथि राम्रै दबाब कायम गर्न सकिन्थ्यो।’

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

स्ट्याग ग्लोबल च्याम्पियन्स लिग भदौमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

विश्वकप छनोट टेबलटेनिस च्याम्पियनसिप नेपालमा

टेनिस नेतृत्वमा मुल निर्विरोध

टेनिस नेतृत्वमा मुल निर्विरोध

Bajaj Pulsar Motorcycle Ad
मेसीले मोदीलाई किन भेटेनन्?

मेसीले मोदीलाई किन भेटेनन्?

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

रेखासम्मिलित माजिया एफएएम महिला फुटबल लिगको उपाधिनजिक

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

महिला तथा पुरुष सर्कल कबड्डी प्रतियोगिता खेल्ने नेपालको टोली घोषणा

आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

भारतीय प्रशिक्षक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

भारतीय प्रशिक्षक नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षक

अक्षरले दक्षिण अफ्रिकासँगका बाँकी खेल नखेल्ने

अक्षरले दक्षिण अफ्रिकासँगका बाँकी खेल नखेल्ने

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

भान डाइकको चाहना– सलाह लिभरपुलमै रहून्

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध

जुडका भाइ जोबलाई दुई खेलमा प्रतिबन्ध