• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सम्झनाको अविस्मरणीय इनिङ्स
खेलपाटी संवाददाता
शनिबार, साउन ५, २०८१ गौरव बराल
सम्झनाको अविस्मरणीय इनिङ्स

काठमाडौं। नेपालले एसिसि एसिया कपको पहिलो खेल खेल्दै थियो। सन् २०१२ र २०१६ को संस्करणमा सहभागी जनाएको नेपाल जितविहीन बनेको थियो। तेस्रोपल्ट एसिया कप खेल्न श्रीलंका जानुअघि नेपालको लक्ष्य थियो, एक जित।

वरीयताको हिसाबमा युएई नेपालभन्दा माथिको टिम हो। नेपालसमेत सहभागी रहेको एसिसि प्रिमियर कपको विजेता युएई यस वर्षको आइसिसीको एसोसिएट वुमन्स पर्फम्मेन्स अफ द इयरको विजेता पनि हो। नेपाल र युएईसहित भारत र पाकिस्तान सम्मिलित ग्रुप ए मा नेपाललाई अरूभन्दा कमजोर टिमका रूपमा हेरिएको थियो।

पहिलो खेलमै नेपालले त्यस लक्ष्यलाई आत्मसात् गरेको छ। नवौं प्रयासमा नेपालले एसिया कपमा जित निकाल्न सफल भएको छ। नेपालको ऐतिहासिक जितमा नायक बनिन् , सम्झना खड्का।

आफ्नो पहिलो जित निकाल्ने क्रममा नेपालले युएईलाई ६ विकेटले पराजित गर्‍यो। टस जितेर बलिङ रोजेको नेपालले युएईलाई ११५ रनमा समेटेको थियो। कप्तान इन्दु बर्माले तीन , कृतिका मरासिनी र सबनम राईले समान एक विकेट लिएका थिए। जवाफमा सम्झनाको अविजित ७२ रनको मद्दतमा नेपालले अविस्मरणीय जित निकालेको हो। सम्झनाको इनिङ्स कुनै साधारण थिएन। नेपाली महिला क्रिकेट इतिहासमै एसिया कपमा खेलिएको यो नै सबैभन्दा ठूलो इनिङ्स हो।

सम्झनाको ७२ रन जति अविस्मरणीय थियो, त्यति नै हेर्नलायक थियो उनले आफ्नो इनिङ्सलाई अगाडि बढाएको तरिका। ११६ रनको लक्ष्य भेटाउन सजिलो थिएन। युएईका बलरहरू अनुभवी थिए र स्पिनरहरू त घातक साबित हुन सक्थे। ११ चौकासहित १६० को स्ट्राइक रेटमा ब्याटिङ गरेकी सम्झना एक्लैले नेपाली इनिङ्स धानेकी थिइन्।

नेपाली पारिको पहिलो बल खेलेकी सम्झना सुरुआतदेखि नै लयमा देखिन्थिन्। पहिलो ओभरमा नै दुई चौका प्रहार गरेकी उनले त्यसपछि आवश्यक रन रेटको प्रेसर पर्न दिइनन्। विपरीत एन्डमा विकेट लिएर युएईका बलरहरूले दबाब सिर्जना गर्न खोजे पनि सम्झनाको स्थिति अनुकूल बाउन्ड्रिका कारण नेपालले खेलमा आफ्नो पकड बनाइराख्यो।

प्रायः नेपाली ब्याटरहरू सेट भएपछि आफ्नो विकेट सजिलै गुमाउने गर्छन्। तर, इनिङ्स जति लम्बिँदै गयो, सम्झना त्यति नै बलियो हुँदै गइन्। युएईका बलरहरूले अलिकति पनि आफ्नो लाइन र लेन्थ बिगार्दा सम्झनाले त्यस बललाई खुलेर प्रहार गर्न हिचकिचाइन। स्पेस लिस्ट बलरहरूलाई सम्झनाले निर्दयी रूपमा स्क्वार लेग र फाइन लेगमा प्रहार गर्न थालेपछि युएईकी कप्तान इसा ओजाले १० ओभरभित्र ६ जना बलर प्रयोग गर्नुपरेको थियो।

४५ बल सामना गरेकी सम्झनाले युएईलाई विकेट लिने कुनै मौका दिइनन्। योगफल नजिकिँदै जाँदा उनी डगमगाइनन्। रुविना क्षेत्री आउट हुँदा युएईले खेलमा फर्किने अवसर पाएको भान भएपनि सम्झनाले इनिङ्स सम्हाल्दै नेपाललाई जिताइन्।

नेपाली इनिङ्सको पहिलोदेखि अन्तिम बलसम्म सम्झना क्रिजमा टिकिरहिन्। यसअघि महिला एसिया कपमा नेपाली खेलाडीले एक इनिङ्समा बनाएको सबैभन्दा धेरै रन थियो, १६। पुरुष टोलीले एकपछि अर्को सफलता हासिल गर्दा नेपाली महिला टोलीले ठूलो उपलब्धि हासिल गर्न सकेको थिएन। सायद सम्झनाको इनिङ्सले नेपाली महिला टोलीको एक नयाँ बिहानीको सुरुआत गरेको छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
 दक्षिण अफ्रिकाले जित्यो विश्व टेस्ट च्याम्पियनसिप
 दक्षिण अफ्रिकाले जित्यो विश्व टेस्ट च्याम्पियनसिप
मधेशले जित्यो यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
मधेशले जित्यो यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
रुपेश र किरण पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा
रुपेश र किरण पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
पिएसजीको सानदार सुरुआत
पिएसजीको सानदार सुरुआत
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP