डेनमार्कका प्रशिक्षकले दिए राजीनामा
शनिबार, ०५ श्रावण २०८१खेलपाटी संवाददाता

काठमाडौं। डेनमार्कको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक कास्पर हजुल्मान्डले राजीनामा दिएका छन्।
सन् २०२० देखि हजुल्मान्डको सहायक प्रशिक्षक रहेका मोर्टन विघोर्स्टले सन् २०२५ सम्मका लागि अन्तरिम राष्ट्रिय प्रशिक्षकको जिम्मेवारी सम्हाल्नेछन्।
चार वर्ष प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि हजुल्मान्डले टोलीलाई नयाँ ऊर्जाको खाँचो रहेको र अर्को एक वर्षका लागि मान्य हुने सम्झौता रद्द गर्न आग्रह गरेको एशोसिएसनले जनाएको छ।
सन् २०२२ को विश्वकप र सन् २०२४ को युरो कपमा लगातार सात खेलमा डेनमार्कले तीन गोल मात्र गरेको छ। अन्तिम १६ मा आयोजक जर्मनीसँग २–० ले पराजित भएपछि डेनमार्क युरो कपबाट बाहिरिएको थियो।
हजुल्मान्डले डेनमार्कलाई युरो कप २०२० को सेमिफाइनलमा पुर्याएका थिए। २०२४ को क्वालिफायर्समा प्रभावशाली प्रदर्शनको श्रेय उनलाई दिइन्छ।






-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)






-1765118145135.jpg&w=3840&q=75)