आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

फिडेको गिनिज वर्ल्ड रेकर्ड्स अभियानमा हिमालयन १०० ब्लिज चेस हुने

बुधबार, ०२ श्रावण २०८१खेलपाटी संवाददाता
फिडेको गिनिज वर्ल्ड रेकर्ड्स अभियानमा हिमालयन १०० ब्लिज चेस हुने
Loading ad...
mustang rice ad

काठमाडौं। विश्व बुद्धिचाल महासंघ (फिडे) स्थापनाको १ सयौं वर्ष हो सन् २०२४। यही अवसरमा फिडे अन्तर्राष्ट्रिय चेस दिवस (२० जुलाई) मा २४ घन्टाभित्र विश्वमै सबभन्दा बढी चेस खेल्दै ‘गिनिज वर्ल्ड रेकर्डस्’ कायम गर्ने अभियानमा रहेको छ, जसलाई साथ दिँदै हिमालयन चेस एकेडेमीले शनिबार किङ्स कलेज, बबरमहलमा ‘हिमालयन १००’ आयोजना गर्दैछ।

‘फिडे १०० गिनिज वर्ल्ड रेकर्ड्स अटेम्प्ट’ अन्तर्गत फिडेमा दर्ता गरिएको ब्लिज चेसको प्रतियोगिताबारे एकेडेमीकी संस्थापक अध्यक्ष मोनालिशा खम्बू भन्छिन्, ‘फिडेले १ सय वर्ष पुगेको अवसरमा विश्व कीर्तिमान बनाउँदै गर्दा त्यो अभियानलाई नेपालबाट पनि साथ दिनको लागि हामीले हिमालयन १०० आयोजना गर्न लागेका छौं। स्वीस प्रणालीको आधारमा १० राउन्डमा सञ्चालन गरिने प्रतियोगितामा १ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।’ पहिला नाम दर्ता गर्ने खेलाडीलाई प्रतियोगितामा अवसर दिइने पनि उनले बताइन्।

हिमालयन चेस एकेडेमीले युक्ति फाउन्डेसनसँग सहकार्य गर्दै ‘हिमालयन १००’ ब्लिज चेस आयोजना गर्न लागेको हो। युक्ति फाउन्डेसनकी प्रतिनिधि युक्ति लामा श्रेष्ठ भन्छिन्, ‘चेस खेलेरै गिनिज वर्ल्ड रेकर्ड्स बनाउने फिडेको विश्वव्यापी अभियानमा सहकार्य गर्न पाउँदा खुशी लागेको छ। मानिसको बौद्धिक विकाससँग प्रत्यक्ष सम्बन्ध रहेको खेल चेसमा सानै उमेरदेखि नै आकर्षित गर्न चाहन्छौं।’

कुल ५१ हजार ५ सय रुपिया पुरस्कार रहेको प्रतियोगिताको विजेताले १० हजार, उपविजेताले ७ हजार, तेस्रो हुनेले ४ हजार, चौथोले ३ हजार तथा पाँचौं हुनेले २ हजार पाउनेछन्। त्यस्तै, छैटौंदेखि शीर्ष १० मा अटाउने खेलाडीले जनही १ हजार प्राप्त गर्नेछन्। महिलाको विजेताले ३ हजार, उपविजेताले २ हजार र तेस्रो हुनेले १ हजार हात पार्नेछन्।

त्यस्तै, अनरेटेड, यू–९, यू–११, यू–१३, यू–१५, बेस्ट एचसीए, उत्कृष्ट विद्यार्थी (१० कक्षासम्म र १० कक्षामाथि), रेटिङ १७०० मुनि, १९०० मुनि र भेट्रान (५५ वर्षमाथि) गरी ११ विधालाई पनि समावेश गरिएको छ। सबै स्पर्धाका विजेताले १ हजारदेखि १ हजार ५ सय रुपियासम्म नगद पुरस्कार पाउनेछन्। तर, कुनैपनि खेलाडीलाई दोहोर्याएर पुरस्कार प्रदान गरिने छैन।

खेलाडीले प्रतियोगिताको निम्ति नाम दर्ता गर्ने अन्तिम दिन शुक्रबार तोकिएको एकेडेमीले जनाएको छ। हिमालयन १०० को भेन्यू पार्टनर किङ्स कलेज, स्टाइलिङ पार्टनर ले लर्ड, फुटवेयर पार्टनर खडाउ रहेका छन्। क्लोथिङ ब्रान्ड कोक्रोमाले पनि साथ दिएको छ।

हिमालयन चेस एकेडेमीले दोस्रो प्रतियोगिताको रुपमा हिमालयन १०० आयोजना गर्न लागेको हो। उसले यसअघि एसईई कप (असार ८–९) गते आयोजना गरेको थियो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

सानदार लयमा एट्लेटिको

सानदार लयमा एट्लेटिको

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

मेसीको शतकीय खेलमा मियामी पराजित

मेसीको शतकीय खेलमा मियामी पराजित

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो