कराते टोलीलाई नरहरीपुर डोजोको सहयोग
शनिबार, २९ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। भुटानको राजधानी थिम्पुमा आयोजना हुने आठौं दक्षिण एशियाली कराते च्याम्पियनसिप तथा एकेएफ रेफ्रि सेमिनार २०२४ मा सहभागी हुन जाने नेपाली कराते टोलीलाई आवश्यक किडब्याग सहयोग गरिएको छ।
चन्द्रागिरी –९, मच्छेगाँउस्थित नरहरीपुर डोजोले टोलीलाई शुभकामनासहित खेलाडी तथा अफिसियलहरुका लागि आवश्यक किडब्याग सहयोग गरेको हो।
डोजोले नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दाव गुरुङलगायतको उपस्थितीमा उक्त सामाग्री प्रदान गरको डोजोको प्रशिक्षक रविन्द्र मानन्धरले जानकारी गराएका छन्।
च्याम्पियनसिप १३ देखि २० जुलाई (आसार २९ देखि साउन ५ गते) सम्म आयोजना हुनेछ।







-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)

-1765288879802.jpeg&w=3840&q=75)

-1765245125273.webp&w=3840&q=75)



