डेब्यू टेस्टको दुवै इनिङ्समै एट्किन्सनले लिए १२ विकेट
२०२४ जुलाई १३, शनिबारखेलपाटी संवाददाता

काठमाडौं। इंग्ल्यान्डका गस एट्किन्सनले डेब्यू टेस्टमै दुवै इनिङ्समा १२ विकेट लिएका छन्। वेस्ट इन्डिजविरुद्धको टेस्टको पहिलो इनिङ्समा उनले ७ विकेट लिएका थिए।
दोस्रो इनिङ्समा उनले वेस्ट इन्डिजका ५ ब्याट्सम्यानलाई पेभिलियन पठाए। यसमा अल्जारी जोसेफ, शामर जोसेफ, काभेम होज, जेसन होल्डर र जेडेन सिल थिए।
एट्किन्सनले आफ्नो टेस्ट करियरको पहिलो विकेट पहिलो इनिङ्सको ११ औं ओभरमा कप्तान कार्लोस ब्राथवेटको लिए। किर्क म्याकेन्जी १५औं ओभरमा आउट भए।
३५औं ओभरमा उनले एक ओभरमा ३ विकेट लिए। उनले दोस्रो बलमा एलिक अथानाजे, तेस्रो बलमा होल्डर र पाँचौं बलमा सिल्भालाई आउट गरे। त्यसपछि ३८ औं ओभरमा २ विकेट लिए।
उनले यो ओभरको पहिलो बलमा अल्जारी जोसेफ र तेस्रो बलमा शमार जोसेफलाई आउट गरे। १२ ओभरमा ४५ रन दिएर ७ विकेट लिए। यस क्रममा उनले ५ मेडन पनि खेले।