जितका साथ एन्डरसनको बिदाइ
शनिबार, असार ३०, २०८१खेलपाटी संवाददाता

काठमाडौं। इंग्ल्यान्डले बलर जेम्स एन्डरसनलाई जितका साथ बिदाइ गरेको छ। वेस्ट इन्डिजविरुद्धको टेष्ट खेलमा इंग्ल्याण्डले उसलाई एक इनिङ्स र ११४ रनले पराजित गरेको थियो।
यो जितसँगै इंग्ल्यान्डले तीन खेलको टेस्ट शृङ्खलामा १–० को अग्रता लिएको छ। एन्डरसनले आफ्नो करियरको १८८औं म्याच खेलेका थिए।
इंग्ल्यान्डले तेस्रो दिन वेस्ट इन्डिजलाई पराजित गर्दै खेल जितेको थियो। एन्डरसनले बिदाइ टेस्ट म्याचमा कुल चार विकेट लिएका थिए। उनले पहिलो इनिङ्समा एक विकेट लिएका थिए भने दोस्रो इनिङ्समा तीन विकेट लिए।














