अर्जेन्टिना लगातार कोपा अमेरिकाको फाइनलमा
बुधबार, २६ असार २०८१खेलपाटी संवाददाता

काठमाडौं। अर्जेन्टिना लगातार कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ।
मेटलाइफ स्टेडियम, न्यू जर्सीमा बुधबार बिहान सम्पन्न खेलमा क्यानडामाथि २-० गोलको जित निकाल्दै अर्जेन्टिना उपाधिनजिक पुगेको हो।
खेलको २३औं मिनेटमै जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। उनले रोड्रिगो डे पाउलको पासलाई सदुपयोग गरे।
५१औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा कप्तान लिओनल मेसीले गोल गर्दै अग्रता दोब्बर बनाए। जारी प्रतियोगितामा मेसीको यो पहिलो गोल हो। अब अर्जेन्टिनाले उपाधिका लागि उरुग्बे र कोलम्बिया








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

