भारतविरुद्धको शृङ्खलामा जिम्बाब्वेको नजर
आइतबार, असार २४, २०८१खेलपाटी संवाददाता

काठमाडौं। हरारे मैदानमा भएको पहिलो खेलमा जिम्बाब्वेले भारतलाई १३ रनले पराजित गर्दै इतिहास रचेको छ। सिकन्दर रजाको कप्तानीमा जिम्बाब्वेले पहिलो खेलमा ११५ रन मात्र बनाएको थियो तर लक्ष्य पछ्याएको भारत १०२ रनमा अलआउट भयो।
सिकन्दर उक्त खेलमा महत्त्वपूर्ण तीन विकेट लिनुका साथै प्लेयर अफ द म्याच पनि बन्न सफल भए। खेलपछि उनले भने, 'म जितबाट निकै खुसी छु। तर, काम सकिएको छैन, शृङ्खला अझै सकिएको छैन। विश्व विजेताले विश्व च्याम्पियनजस्तै खेल्छन् त्यसैले हामी अर्को खेलका लागि तयार हुनुपर्छ।'
उनले थपे, 'यो विकेट ११५ रनमा आउट हुने विकेट होइन। यसको श्रेय दुवै पक्षका बलरलाई दिनुपर्छ।' जिम्बाब्वेले टी–२० मा लगातार १२ खेलमा जित हात पारेको छ।















