मनाङलाई हराउँदै पुलिस खप्तड गोल्डकपको सेमिफाइनलमा
आइतबार, २९ पौष २०७५खेलपाटी संवाददाता

धनगढी । विभागीय टिम नेपाल पुलिस क्लब तेस्रो संस्करणको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको क्वाटरफाइनलमा पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई १ - ० गोल अन्तरले पराजित गर्दै पुलिस सेमिफाइनलमा पुगेको हो ।

धनगढी रंगशालामा पुलिसलाई जित दिलाउन निर कुमार राईले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा निर कुमारले निर्णायक गोल गरे ।
यो संगै पुलिसले 'ए' लिगमा मनाङसंग व्यहोरेको हारको बदला समेत लिएको छ ।
अब पुलिसले फाइनल प्रबेशका लागि संकटा क्लब र क्यामरुनको क्लबबीचको विजेतासंग खेल्नेछ ।










-1765539955299.jpeg&w=3840&q=75)

