यामल युरोकप खेल्ने सबैभन्दा कान्छो खेलाडी
1718520205.jpg&w=3840&q=75)
काठमाडौं। लामिन यामल युरोकप खेल्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्।
ओलम्पिक स्टेडियममा शनिबार राति सम्पन्न समूह ‘बी’ को खेलमा क्रोएसियाविरुद्ध उनले युरोकपमा डेब्यु गरेका थिए। उक्त खेलमा स्पेन ३–० गोलअन्तरले विजयी भएको थियो।
यमालले १६ वर्ष ३३८ दिनमा युरोकपमा डेब्यु गरेका हुन्। यसअघि पोल्यान्डका कापर कोज्लोव्स्कीले १७ वर्ष २४६ दिनको उमेरमा युरोकप खेल्दै सबैभन्दा कम उमेरको कीर्तिमान बनाएका थिए। उनले सन् २०२१ मा स्पेनविरुद्ध खेल्दै युरोकपमा डेब्यु गरेका थिए।
‘उनले सबैलाई प्रभावित गरिरहेका छन्। उनले हरेक दिन सुधार गर्दै जानुपर्छ र समयसँगै उनी उत्कृष्ट फुटबलर बन्नेछन्,’ स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले भने।
स्पेनका लागि यामलको यो आठौं अन्तर्राष्ट्रिय खेल हो। उनले गत सिजन बार्सिलोनाका लागि स्पेनिस लिग र च्याम्पियन्स लिगमा ४७ खेल खेलेका थिए।
जुलाई १४ मा बर्लिनमा हुने युरो २०२४ को फाइनल खेलको अघिल्लो दिन यामाल १७ वर्षका हुनेछन्।









%20(2)-1761961917188.png&w=3840&q=75)



%20(1)-1761905198112.png&w=3840&q=75)
