• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
चेस ओलम्पियाडमा ७ खेलाडी छानिए
खेलपाटी संवाददाता
बिहीबार, जेठ २४, २०८१ खेलपाटी संवाददाता
चेस ओलम्पियाडमा ७ खेलाडी छानिए

काठमाडौं । नेसनल चेस च्याम्पियनसिप २०२४ बाट ३ पुरुष र ४ महिला गरी ७ खेलाडी हंगेरीमा सेप्टेम्बरमा हुने ४५ औं चेस ओलम्पियाड २०२४ का लागि छनोट भएका छन् ।

लाजिम्पाटस्थित होटल ले हिमालयमा विहीबार सम्पन्न च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष तीन र महिलाका शीर्ष चार खेलाडीले ओलम्पियाड खेल्ने नेपाली टिममा स्थान बनाएका हुन् । लुम्बिनी इभेन्ट्स म्यानेजमेन्ट र नेपाल बुद्धिचाल महासंघले आययोजना गरेको प्रतियोगितामा सर्बाधिक ८ अंक बनाउँदै झापाका राजन सुवेदी राष्ट्रिय प्रतियोगितामा नयाँ च्याम्पियन भए ।

अर्का झापाली सुश्रुत दाहाल र फिडे मास्टर (एफएम) क्षितीज भण्डारीले समान ७.५ अंक हात पारेर शीर्ष तीनमा रहे । समान अंक भएपनि ‘हेड टु हेड’ को आधारमा सुश्रुत उपविजेता भए । अन्तिम चरणमा सुश्रुतले १५१ रेटिङमाथिका पुरुषोत्तम सिलवाललाई पराजित गर्दै राष्ट्रिय प्रतियोगितामा पहिलो सहभागितामै ओलम्पियाडमा स्थान बनाएका हुन् ।

झापाकै प्रकाशचन्द्र नेपाल ६.५ अंकसहित चौथोमा रहे भने पुरुषोत्तम सिलवाल र गत वर्षको विजेता रुपेश जैयसवालले ६–६ अंक बनाए ।

२३ औं राष्ट्रिय प्रतियोगितामा खुलातर्फको विजेताको रुपमा रुपेश र अस्ट्रेलियामा रहेका विवेक थिङ शीर्ष रेटिङको आधारमा ४५ औं ओलम्पियडामा छनोट भइसकेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ ।

२३ औं राष्ट्रियमा महिलातर्फकी विजेता सुजना लोहनी २४ औं संस्करणमा सहभागि भइनन् । हाल अस्प्ट्रेलियामा रहेकी उनलाई गत वर्षकै विजेताको आधारमा ओलम्पियाड टिममा महासंघले छनोट गरिसकेको छ । राष्ट्रिय टिमले प्रतिस्पर्धा गर्ने सबभन्दा प्रतिष्ठित् प्रतियोगिता ओलम्पियाडमा नेपाली पुरुष र महिला टिममा ५–५ खेलाडी हुनेछन् ।

यसपालिको च्याम्पियनसिपमा महिलातर्फकी विजेता सिन्दिरा जोशीलाई अन्तिम चरणमा पराजित गरेकी कृतिसरा अधिकारी उपविजेता भइन् । सिन्दिराले ९, कृतिसराले ८.५ अंक बनाए । पूजा भण्डारी र शान्ति धिमाल समान ८ अंकसहित शीर्ष चारमा रहे । यी चार खेलाडी ओलम्पियाड खेल्ने नेपाली महिला टिममा छनोट भएको महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राईले बताए ।

स्वीस लिगको आधारमा ६ दिन सञ्चालिन च्याम्पियनसिपमा छनोट भएका उत्कृष्ट १२ पुरुष र १२ महिला खेलाडीले प्रतिस्पर्धा गरे । राउन्ड रोबिन लिगको आधारमा प्रत्येक खेलाडीले ११–११ खेल खेलेका थिए ।

च्याम्पियनसिपमा खुला र महिलातर्फका विजेताले समान २५ हजार, उपविजेताले १५ हजार र तृतीय स्थान हात पार्ने खेलाडीले १० हजार रुपियाँ हात पारे ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
च्याम्पियन चेल्सी
च्याम्पियन चेल्सी
अबको विकल्प भुटान हो?
अबको विकल्प भुटान हो?
क्रिकेटर जोय सम्मानित
क्रिकेटर जोय सम्मानित
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकप
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकप
भुटानको पोस्टमा इरानको ७ गोल
भुटानको पोस्टमा इरानको ७ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP