• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
सिन्दिरा आठ वर्षपछि च्याम्पियन
खेलपाटी संवाददाता
बुधबार, जेठ २३, २०८१ खेलपाटी संवाददाता
सिन्दिरा आठ वर्षपछि च्याम्पियन

काठमाडौं । सिन्दिरा जोशीले दसौं चरणमा शान्ति धिमाललाई पराजित गर्दै बुधबार एक खेल बाँकी छंदै नवौं नेसनल चेस च्याम्पियनसिप २०२४ मा महिलातर्फको उपाधि जितेकी छन् । दोस्रोपल्ट च्याम्पियन भएकी उनले राष्ट्रिय बुद्धिचालको उपाधि आठ वर्षयता पहिलोपल्ट कब्जा गरी हुन् ।

च्याम्पियनसिपको पाँचौं दिन सिन्दिराले अंशु दिन प्रजापतिलाई पराजित गरेपछि १६७२ रेटिङकी शान्तिविरुद्ध पूर्ण एक अंक जोड्दै दोस्रोपल्ट उपाधि पक्का गरेकी हुन् । उनले यससँगै मोनालिशा खम्बू र सुजना लोहनीले बनाएको दुई उपाधिको कीर्तिमान पनि बराबरी गरेकी छन् ।

उत्कृष्ट १२ खेलाडी सहभागि च्याम्प्यिनसिपमा अन्तिम तथा ११ औं चरणको खेल विहीबार हुनेछ । यसमा १६८५ रेटिङकी सिन्दिराले १० मध्ये नौ खेल जित्दै नौ अंक बनाएर उपाधि निश्चित गरेकी हुन् । उनले एकमात्र हार विनिता कपालीसँग पाँचौं चरणमा बेहोरेकी थिइन् ।

उपाधि होडमा चुनौती दिइरहेकी शान्तिलाई पराजित गरेपछि ४१ वर्षीया सिन्दिराले उपाधि सुरक्षित गरेकी हुन् । शान्ति दोस्रो हारसँगै ७ अंकमा रोकिएपछि उपाधि होडबाट बाहिरिदै चौथो स्थानमा पुगेकी छन् ।

सिन्दिराले अन्तिम चरणमा कृतिसरा अधिकारीसँग प्रतिस्पर्धा गर्नेछिन् । यस च्याम्पियनसिपका शीर्ष चार महिला खेलाडी सेप्टैम्बरमा हंगेरीमा हुने ४५ औं चेस ओलम्पियाडमा छनोट हुनेछन् । यसमा पूजा भण्डारी र कृतिसरा समान ७.५ अंकसहित शीर्ष चारमा छन् । यी दुईले आठौं चरणमा आमनेसामने हुँदा अंक बाँडेका थिए ।

राजन उपाधिनजिक
झापाली १९५९ रेटिङका खेलाडी राजन सुवेदी १० खेलमा ७ अंक बनाउँदै पुरुषतर्फ शीर्षस्थानमा यथावत् रहे । झापाकै प्रकाशचन्द्र नेपालसँग दसौं चरणमा बराबरी गरेपनि एकल अग्रता लिएपछि उपाधिनजिक पुगेका हुन् ।

३५ वर्षीय राजनले प्रकाशसँग अंक बाँड्नुअघि बुधबार सुशील चौधरीलाई पराजित गरेका थिए । उनलाई पछ्याइरहेका पुरुषोत्तम सिलवाललाई दसौं चरणमा सुरोज महर्जनले स्तब्ध पार्दै पूर्ण एक अंक जोडे । सुश्रुत दाहाल र क्षितीज भण्डारीले बराबरी नतिजा निकाले । यससँगै यी दुईको समान ६.५ अंक भएको छ । पुरुषोत्तम ६ अंकमा सीमित रहे ।

सुरुआती चार चरणमा ०.५ अंकमात्रै जोडेका रुपेश जैयसवाल प्रकाशचन्द्र र प्रेमकृष्णलाई पराजित गर्दै ६ अंक बनाए । तर, डिफेन्डिङ च्याम्पियन उनलाई अन्तिम खेलमा सुरोजसँग पूरा अंक जोड्नसके पनि त्यो उापधि रक्षा गर्न पर्याप्त हुने छैन । प्रकाशचन्द्रको पनि ६ अंक रहेको छ ।

राजनले अन्तिम चरणमा विहीबार ४९ वर्षीय प्रेमकृष्ण महर्जनसँग प्रतिस्पर्धा गर्नेछन् । प्रेमकृष्णले ३.५ अंक जोडेका छन् । पुरुषतर्फ शीर्ष तीन खेलाडीले ४५ औं चेस ओलम्पियाडमा स्थान पाउनेछन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
च्याम्पियन चेल्सी
च्याम्पियन चेल्सी
अबको विकल्प भुटान हो?
अबको विकल्प भुटान हो?
क्रिकेटर जोय सम्मानित
क्रिकेटर जोय सम्मानित
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकप
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकप
भुटानको पोस्टमा इरानको ७ गोल
भुटानको पोस्टमा इरानको ७ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP