उपाधिका लागि भक्तपुर र काठमाडौं भिड्ने

काठमाडौं। एनसीसी महिला तथा पुरुष टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि भक्तपुर क्रिकेट सेन्टर र काठमाडौं क्रिकेट एक्सिलेन्ट सेन्टर भिड्ने भएका छन्।
शुक्रबार सम्पन्न सेमिफाइनलमा भक्तपुर क्रिकेट सेन्टरले ग्रेट हिमालय क्रिकेट एकेडेमी र काठमाडौं क्रिकेट एक्सिलेन्ट सेन्टरले भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टरलाई पराजित गर्दै उपाधिका लागि भेट पक्का गरेका हुन्।
पहिलो सेमिफाइनलमा काठमाडौं क्रिकेट एक्सिलेन्ट सेन्टरले भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टरलाई ८३ रनले पराजित गर्यो। काठमाडौं क्रिकेट एक्सिलेन्ट सेन्टरले दिएको १५६ रनको लक्ष्य पछ्याएको भक्तपुरले १७.४ ओभरमा सवै विकेट गुमाउँदै ८२ रन मात्रै बनाउन सक्यो।
भक्तपुरका विवेक लामाले सर्वाधिक २४ रन बनाए। विपिन आचर्या १६ र रोशन साउद १० रनमा आउट भए।
काठमाडौंका सोनु देवकोटाले सर्वाधिक तीन विकेट लिए। दीपेन्द्र रावत र दयानन्द मण्डलको नाममा २/२ विकेट रह्यो।
त्यसअघि पहिला ब्याटिङ गरेको काठमाडौंले ऋत गौतमको अविजित अर्धशतकसँगै निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५५ रन बनाएको थियो।
ऋतले ५४ बल खेले। सुसान्त थापाले पनि ५४ रन नै बनाए। सोनु देवकोटा भने १५ रनमा आउट भए। भक्तपुरका अविनाश बस्याल, विपिन न्यौपाने र किरण चन्दले १/१ विकेट लिए। खेलको प्लेअर अफ दी म्याच ऋत गौतम भए। अर्को खेलमा अरुण ऐरीको अलराउन्ड प्रदर्शनमा भक्तपुर क्रिकेट सेन्टरले ग्रेट हिमालयलाई ४ रनले पराजित गर्यो।
भक्तपुरले दिएको १२४ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११९ रन मात्रै बनाउन सक्यो।
ग्रेट हिमालयका कृष कार्कीले सर्वाधिक २१ रन बनाए। इशान पाण्डे १८ र रुपेश श्रीवास्तव १५ रनमा आउट भए। भक्तपुरका अरुण ऐरी र नितेश पटेलले २/२ विकेट लिए। मुकेश ओझाको नाममा १ विकेट रह्यो।
त्यसअघि पहिला ब्याटिङ गरेको भक्तपुरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १२३ रन बनायो। भक्तपुरका दीपक बोहराले ३४ बल खेल्दै सर्वाधिक ५० रन बनाए। अरुण ऐरी ३१ र विनोद तामाङ २१ रनमा पेभिलियन फर्किए।
ग्रेट हिमालयका कमल खत्रीले सर्वाधिक २ विकेट लिए। रुपेश श्रीवास्तव र सन्दीप पराजुलीले १/१ विकेट लिए। खेलको प्लेअर अफ दी म्याच अरुण ऐरी भए।





-1777639738077.jpeg&w=3840&q=75)





-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)


