नेपाल र अमेरिकाबीचको ‘वार्मअप’ म्याच रद्द
शुक्रबार, १८ जेठ २०८१खेलपाटी संवाददाता

काठमाडौँ। नेपाल र अमेरिकाबीचको ‘वार्मअप’ म्याच रद्द भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको आधिकारिक तालिका अनुसार नेपालले एसोसिएट राष्ट्रहरू अमेरिका र क्यानडासँग ‘वार्मअप’ म्याच खेल्ने तय थियो।
सोही तालिका अनुसार नेपालले पहिलो ‘वार्मअप’ म्याच क्यानडासँग खेलेको थियो। उक्त म्याचमा नेपाल ६३ रनले पराजित भएको थियो।
ग्रान्ड प्रिएरी क्रिकेट रंगशाला, टेक्सासमा हुने नेपाली समयअनुसार राति ९:१५ बजेबाट तय भएको अमेरिकासँगको ‘वार्मअप’ म्याच भने भारी वर्षा भएसँगै खेल रद्द गरिएको हो।





-1777639738077.jpeg&w=3840&q=75)





-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)


