भक्तपुरमाथि हिमालयनको जित

काठमाडौँ । ग्रेट हिमालयन क्रिकेट एकेडेमीले एनसीसीएस महिला तथा पुरुष टी२० क्रिकेट प्रतियोगितामा विजयी हासिल गरेको छ।
मूलपानी क्रिकेट मैदानमा बिहिवार सम्पन्न पहिलो खेलमा हिमालयनले क्रिकेट एक्सिलेन्ट सेन्टर भक्तपुरलाई २१ रनले पराजित गरेको हो।
हिमालयनले दिएको १३८ रनको लक्ष्य पछाउने क्रममा भक्तपुरले २० ओभरमा ८ विकेट गुमाएर ११७ रन मात्रै बनाउन सक्यो।
भक्तपुरका लागि विपिन आचार्यले ४० बलको सामना गर्दै ६० रनको योग्दान दिएपनि टिमको हार टार्न सकेनन्। यस्तै सौरव श्रेष्ठ १५ र दिनेश सुब्बाले ११ रन बनाए।
बलिङतर्फ हिमालयनका लागि सन्दीप पराजुली, अभिषेक थापा र चन्द्रकान्त पौडेलले समान २/२ विकेट लिए। त्यसअघि पहिलो ब्यटिङ गरेको हिमालयनका लागि इशान पाण्डेले २६ बलको सामना गर्दै ३९ रन बनाएका थिए। दिनेश बूढामगरले २३ बलमा २१ रन बनाउँदा समिर कडेलले १७ बलमा २० रन बनाए।
भक्तपुरका लागि बलिङतर्फ भुपेन्द्र चन्द र सौरभ श्रेठले समान २/२ विकेट लिँदा किरन चन्दले एक विकेट हात पारे।





-1777639738077.jpeg&w=3840&q=75)





-1777729409687.jpeg&w=3840&q=75)
-1777729295941.jpeg&w=3840&q=75)


