• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
तेक्वान्दो
  • गृहपृष्ठ
  • तेक्वान्दो
पारा तेक्वान्दो टोली भियतनाम जाने
खेलपाटी संवाददाता
बिहीबार, जेठ ३, २०८१ खेलपाटी संवाददाता
पारा तेक्वान्दो टोली भियतनाम जाने

काठमाडौँ। नवौँ एशियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी– ४४) २०२४ मा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार भियतनामको दनाङ प्रस्थान गर्ने भएको छ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे। कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले उच्च प्रदर्शनका लागि खेलाडीलाई शुभकामना दिँदै तेक्वान्दोको विदेशकी प्रशिक्षक झिकाउने विषयमा तेक्वान्दो संघले चाँडो प्रक्रिया पूरा गर्नुपर्नेमा जोड दिए।

प्रतियोगितामा पलेशा गोवर्धनले महिला ५७ केजीमुनि, भरतसिंह महताले पुरुष ५८ केजीमुनि र अमिर भ्लोनले पुरुष ६३ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्ने छन्। प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन्। प्रतियोगितामा ३१ राष्ट्रका खेलाडी सहभागी हुने बताइएको छ।

पलेशाले छनोट चरण पार गरेर पेरिस प्यारालिम्पिकमा सहभागिता निश्चित गरिसकेकी छिन्। छनोट चरण पार गरेर प्यारालिम्पिकमा सहभागिता पक्का गर्ने पलेशाले पहिलो र एक मात्र खेलाडी हुन्।

पलेशाले चीनको ताइयानमा गत चैत ४ गते भएको एशियाली छनोटमा स्वर्ण पदक जित्दै पेरिस प्यारालिम्पिकमा छनोट भएकी थिइन्। पलेशा चौथो एशियाली पारा खेलकुदको कांस्य पदक विजेता पनि हुन्। उक्त पदक नेपालले पारा एशियाली खेलकुदमा हासिल गरेको एक मात्र हो।

पलेशाले सन् २०२१ मा बहराइनमा भएको यूथ एशियन गेम्समा स्वर्ण पदक र सन् २०१८ मा भियतनाममा भएको एशियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिइन्।

नेपाल तेक्वान्दो संघले पेरिस प्यारालिम्पिकमा सहभागी गराउन अमिर र भरतको वाइल्ड कार्डका लागि आवेदन दिइसकेको प्रशिक्षक लामा जानकारी गराए। एशियन च्याम्पियनसिपबाट र्‍याङकिङमा आउन र र्‍याङकिङमा सुधार गर्न मद्दत पुग्ने भएको हुँदा अमिर र भरतलाई सहभागी गराइएको हो।

प्रशिक्षकको भूमिकामा रहेका लामाले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन्। उनको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ। जसमा तीन स्वर्ण, दुई रजत र पाँच कांस्य छन्।

बिदाइका अवसरमा राखेपका सदस्य–सचिव प्रकाशकुमार कुसारी, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्द, सदस्यद्वय रामचन्द्र श्रेष्ठ र कुमार लामा घिसिङलगायतको उपस्थिति रहेको थियो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो एनटिए नेश्नल टिम च्याम्पियनसिप असारमा
पहिलो एनटिए नेश्नल टिम च्याम्पियनसिप असारमा
१०औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङलाई
१०औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङलाई
आइओएफटिसीको १५औं संस्करण नेपालमा
आइओएफटिसीको १५औं संस्करण नेपालमा
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
सुमन र सम्पदा उत्कृष्ट
सुमन र सम्पदा उत्कृष्ट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
पिएसजीको सानदार सुरुआत
पिएसजीको सानदार सुरुआत
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP