ललितपुर-चन्द्रागिरि कार रेली र अटोक्रस च्याम्पियनसिप हुने
1715790024.jpg&w=3840&q=75)
ललितपुर। नेपाल मोटर स्पोर्ट्स एन्ड रोड सेफ्टि फेडेरेसनले विश्व पर्यावरण दिवशको अवसरमा ललितपुर-चन्द्रागिरि सम्पदा कार रेली र राष्ट्रिय अटोक्रस च्याम्पियनसिप आयोजना गर्ने भएको छ।
आयोजकका अनुसार यो कार्यक्रम नेपालका मनोरम तथा पुरातात्त्विक सम्पदाको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो। रेली ललितपुरको जावलाखेल मैदानबाट शुरू हुनेछ।
ललितपुरको विभिन्न पुरातात्त्विक सम्पदा स्थल हुँदै मातातीर्थ पुगेर रेली समापन हुनेछ। यस कार्यक्रममा दुई रोमाञ्चक खण्ड हुनेछ, समय-गति-दुरी रेली र अटो क्रस।
समय-गति-दुरी रेलीमा ड्राइभरहरूले तोकिएको गति र चालमा गाडी चलाउनु पर्ने हुन्छ। समय, गति र दुरीको आधारमा ड्राइभरहरूले प्रतिस्पर्धा गर्नेछन्। सबैभन्दा सटिक प्रतिस्पर्धीलाई पहिलो, दोस्रो र तेस्रो स्थानमा पुरस्कृत गरिनेछ।
अटोक्रस खण्ड मातातिर्थमा हुनेछ। यसमा राष्ट्रिय ड्राइभरहरूले उत्कृष्ट प्रदर्शनी गर्नेछन्। अटोक्रसमा भाग लिने गाडीहरूको श्रेणी १०००-१६०० सीसी हुने आयोजकले जनाएको छ। रेलीको लागि सबै सीसीका कारले सहभागिता जनाउन पाउने छन्। यस प्रतियोगितामा अधिकतम २५ गाडीहरू रहने छन्। प्रत्येकमा ड्राइभर र एक नेभिगेटर हुने आयोजकले जनाएको छ।









-1761410041277.webp&w=3840&q=75)






