रेलिगेशन जोनको स्वयम्भूसँग हारबाट जोगियो मनोहरा
बुधबार, जेठ २, २०८१खेलपाटी संवाददाता

काठमाडौँ। मनोहरा युनाइटेड यूथ क्लब शहीद स्मारक ‘सी’ डिभिजन लिगमा रेलिगेशन जोनमा रहेको स्वयम्भू क्लबसँग हारबाट जोगिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा मनोहराले स्वयम्भूसँग २-२ गोलको बराबरी खेलेको हो।
बराबरीसँगै मनोहराले ८ खेलबाट १४ अंक जोडेको छ। मनोहरा चौथो स्थानमा छ। यता, १४औँ स्थानमा रहेको स्वयम्भूको समान खेलबाट ५ अंक रहेको छ।
खेलको पाँचौँ मिनेटमा रञ्जन पुनले गोल गर्दै स्वयम्भूलाई शुरूआती अग्रता दिलाए। तर, त्यसको तीन मिनेटपछि नै आविष्कार खड्काले गोल गर्दै मनोहरालाई खेलमा फर्काए।
३६औँ मिनेटमा प्रकाश पुनले गोल गर्दै स्वयम्भूलाई पुन: अग्रता दिलाए। ६०औँ मिनेटमा आविष्कारले पेनाल्टीमा गोल गर्दै मनोहरालाई हारबाट जोगाए।






-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)





