बुधबार, २३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

सुरेश र प्रनिशा अन्तिम चारमा

शुक्रबार, २५ जेठ २०७५खेलपाटी संवाददाता
सुरेश र प्रनिशा अन्तिम चारमा
Loading ad...
mustang rice ad

नेपाल गोजुकाई कराते डो संघ (आईकेजिए नेपाल) को आयोजनमा छैटौं ईन्डो नेपाल गोजुकाई कराते च्याम्पियनसिप २०१८ शुक्रबार देखि सुरु भएको छ ।

कार्यक्रको नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेले एक कार्यक्रमविच पानसमा द्विप प्रज्वलनका साथ निर्णायक दिनेश परियारलाई खेल सामग्री हस्तान्तरण गर्दै उद्घाटन गरे ।

बालुवाटारस्थित चिल्ड्रेन मोडल स्कुलमा आयोजना भएको प्रतियोगिताको २० केजी तौल समूहमा लुम्बिनी एकेडेमीका सुरेश तामाङ्ग पुरुष तर्फ र प्रनिशा तामाङ्ग महिला तर्फ अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् ।

पुरुष २० केजीको अन्तिम चारमा स्थान बनाउन सफल अन्य खेलाडीहरुमा चाँदबाग स्कुलका आरोग्य पौडेल, एनओबिएसका सुसन माझी, र मित्रपार्क डोजोका सुशिल श्रेष्ठ रहेका छन् । महिला तर्फ लुम्बिनि एकेडेमीकै दिनिशा तामाङ्ग र चाँदबाग स्कुलकी आयुशी अधिकारी रहेका छन् ।

२५ केजी तौलको पुरुष तर्फ नवज्ञान भूमि स्कुलका दिपेश थापा, ज्ञानज्यातीका रोहन कार्की, चिल्ड्रेन मोडलका पुजन लामा र नेशनल युनाईटेडका अनिश अमात्य पनि आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै उपाधी होडमा रहेका छन् । महिला तर्फ सोहि तौलमा ज्ञानज्यातीकी अकृश मल्ल, मित्रपार्क डोजोकी मनिषा निरौला, अनमोल ज्यातीकी आयुषा बुढाथोकी र नेशनल युनाईटेडकी सजु पौडेलले पनि अन्तिम चारमा स्थान पक्का गरे ।

दुई दिने प्रतियोगिताको ३० केजी तौलमा पुरुष तर्फ लुम्बिनी एकेडेमीका प्रनिश कार्की, ज्ञानज्यातीका मिलन बोगटी, नवज्ञान भूमिका दिवश जंग थापा र चाँदबागका सक्षम कँडेल तथा महिला तर्फ गोल्डेन पिककी रिद्धिमा थापा, नेशनल युनाईटेडका अन्सु थापा र स्वस्तिका महर्जन तथा चिल्ड्रेन मोडलकी कृश्पा उपाध्याय पनि सेमिफाईनलमा भिड्ने भएका छन् ।

यसै गरि पुरुष ३५ केजी तौलमा ज्ञानज्यातीका सुवोध थापा मगर, नेशनल यृुनाईटेडका रोहन महर्जन, अनमोल ज्योतीका अमृत कार्की र युनाईटेड डोजोका प्रतिक पौडेल पनि सेमिफाईन प्रवेश गरे । महिला तर्फ माउण्ट भ्यूकी अंकिता थेवे, नेशनल युनाईटेडकी आयुष्मा सिंह, नव ज्ञान भूमिकी अनुरती कार्की र चाँदवाग डोजोकी अंशु गुरुङ्गले पनि फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् ।

पुरुष ४० केजी तौलमा चिल्ड्रेन मोडलका बिशाल गुरुङ्ग, मित्रपार्क डोजोका नितेश ठाकुर, जगत मन्दिरका बशन्त थापा र मित्रमार्क डोजोका अभिषेक खत्री, ४५ केजीमा नेशनल युनाईटेडका सुशन केसी, चाँदबागका प्रवेश श्रेष्ठ, नव ज्ञान भूमिका आशिष श्रेष्ठ र प्रक्सिस स्कुलका नितेश राई, ५० केजीमा चिल्ड्रेन मोडलका सुभाष तामाङ्ग, मित्रपार्क डोजोका इश्वर कार्की, चाँदवागका अरिएव केसी र नेशनल युनाईटेडका आकाश श्रेष्ठले पनि सेमिफाईन यात्र तय गरेका छन् ।

यसै गरि पुरुषकै ५५ केजीमा चिल्ड्रेन मोडलका प्रविण दनुवार र जगत मन्दिरका ओम महर्जन तथा अनमोला ज्योतीका रविन यादव र मित्रपार्क डोजोका धिरज राईको भिडन्त हुने भएको छ । ६० केजी तौलमा भारतिय टिमका रोहित बोशले उपाधीका लागि ज्ञानज्यातीका सविन लामा र न्यू ज्ञानभूमिका सुमिन लामालाई पराजित गर्नु पने छ ।

प्रतियोगतामा स्कुल, डोजो, एकेडेमी तथा भारतका गरि करिब २०० सय खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश

सन्दीपको वरीयतामा १५ स्थान सुधार

सन्दीपको वरीयतामा १५ स्थान सुधार

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

आर्सनलका २४ वर्षीय नायक साका

आर्सनलका २४ वर्षीय नायक साका

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त