धोनीको आक्रामक ब्याटिङमा लखनउलाई १७७ रनको लक्ष्य
शुक्रबार, बैशाख ७, २०८१खेलपाटी संवाददाता

काठमाडौँ। महेन्द्रसिंह धोनीको आक्रामक ब्याटिङसँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको हो।
चेन्नईका लागि धोनीले ९ बलमा ३ चौका र २ छक्कासहित २८ रनको आक्रामक इनिङ्स खेले। अन्तिम ओभरमा मात्रै धोनीले २ चौका र १ छक्कासहित १९ रन बनाएका थिए।
अजिंक्य रहाणे ३६, मोइन अली ३० र कप्तान ऋतुराज गायकवाड १६ रनमा आउट हुँदा रविन्द्र जडेजा ५७ रनमा अविजित रहे।
लखनउका कृणाल पाण्ड्याले सर्वाधिक २ विकेट लिए। मोहसिन खान, यश ठाकुर, रवि बिश्वोई र मार्कस स्टोइनिसको नाममा १/१ विकेट रह्यो।













-1761130437587.jpg&w=3840&q=75)
