इमर्जिङ कप खेल्न हङकङ र नेपाल भिड्ने
शुक्रबार, बैशाख ७, २०८१खेलपाटी संवाददाता

काठमाडौँ। एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने भएका छन्।
शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा ओमानले हङकङलाई ५ विकेटले पराजित गरेसँगै तेस्रो स्थानका लागि खेल्ने दुई टोलीको टुंगो लागेको हो।
शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएई फाइनलमा पुगिसकेको छ। प्रिमियर कपको विजेता, उपविजेता र तेस्रो हुने टोलीले एसीसी इमर्जिङ कप खेल्ने छन्।
फाइनल पुगेसँगै यूएई र ओमानले इमर्जिङ कपमा आफ्नो स्थान पक्का गरिसकेका छन्। प्रिमियर कप जित्ने टोलीले एशिया कपमा स्थान बनाउने छ।









-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)



