इशान्वीलाई स्वर्ण
1713102222.jpeg&w=3840&q=75)
काठमाडौँ। इशान्वी महर्जनले नयाँ वर्षको उपलक्ष्यमा आयोजित टेबल टेनिस प्रतियोगिताको यू–१६ गर्ल्स सिंगल्समा स्वर्ण जितेकी छन्।
ललितपुर जिल्ला टेबल टेनिस संघको तत्त्वावधानमा कान्तिपुर भ्याली पिङ पोङ क्लब (केभीपीपीसी) र ललितपुर टेबल टेनिस क्लबद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा केभीपीपीसीकी इशान्वीले आफ्नै क्लबकी इम्रिन महर्जनलाई ३–० को सोझो सेटमा पराजित गरिन्।
पाटनको गाहबालमा भएको प्रतियोगिताको यू–१४ ब्वाइज सिंगल्सको फाइनलमा केभीपीपीसीका रिजन शाक्यले सोही क्लबका अर्णव श्रेष्ठलाई ३–१ को हराउँदै पहिलो भए। यू–१० मिक्समा नेपाल एपीएम टेबल टेनिस क्लबकी ममता बोहराले स्वर्ण जितिन्। ममताले फाइनलमा रुसन शाक्यलाई ३–१ ले पाखा लगाइन्।
विजेतालाई ललितपुर महानगरपालिका १९ का अध्यक्ष राजेन्द्र महर्जन, ललितपुर जिल्ला टेबल टेनिस संघका अध्यक्ष आशिष अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। एक दिने प्रतियोगितामा ११० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ।







-1753545694.jpg&w=3840&q=75)

-1761484988698.png&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)

