• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
राजस्थान र दिल्ली : बराबरका प्रतिस्पर्धी
खेलपाटी संवाददाता
बिहीबार, चैत १५, २०८० खेलपाटी संवाददाता
राजस्थान र दिल्ली :  बराबरका प्रतिस्पर्धी

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)को नवौँ खेलमा बिहीबार राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सको सामना गर्नेछ। दिल्लीले आफ्नो पहिलो खेलमा पञ्जाब किंग्ससँग ४ विकेटको लज्जास्पद हार बेहोरेको थियो।

राजस्थानले भने लखनउ सुपर जाइन्ट्सलाई २० रनले पराजित गर्दै विजयी शुरूआत गरेको थियो। आफ्नो घरेलु मैदान जयपुरमा राजस्थान बिहीबार दिल्लीलाई पराजित गर्दै जितको सिलसिला कायम राख्न चाहन्छ। यता, दिल्लीको नजर भने सिजनको पहिलो जितमा हुने छ।

कस्तो छ नतिजा?

दुई टोलीबीच हालसम्म २७ खेल भएका छन्। जसमा राजस्थानले १४ र दिल्लीले १३ खेल जितेको छ। यसको मतलब प्रतिस्पर्धा बराबर छ। तर, यस मैदानमा दुई टोलीबीच भएका ६ खेलमा घरेलु टोली ४–२ ले अगाडि छ।

पहिलो खेलमा राजस्थानका कप्तान सञ्जु सामसनले ५२ बलमा अविजित ८२ रन बनाएका थिए। योसँगै आईसीसी टी–२० विश्वकपमा विकेटकिपर ब्याट्सम्यानको दावेदारको रूपमा आफूलाई उभ्याइसकेका छन्।

कप्तानको हैसियतमा उनको ब्याटिङ कीर्तिमान अझ राम्रो हुन्छ। उनको ब्याटिङ स्ट्राइक रेट १४५ रहेको छ। आईपीएल इतिहासमा वीरेन्द्र सहवागपछिको यो दोस्रो उच्च स्ट्राइक रेट हो। सहवागको स्ट्राइक रेट १६८ थियो।

यस्तो अवस्थामा दिल्लीका बलरहरूका लागि सामसनलाई रोक्न चुनौती हुनेछ। राजस्थानका रियान पराग फेरि चौथो नम्बरमा खेल्न सक्नेछन्। तर, पछिल्ला केही सिजनमा उनले आफ्नो फ्रेन्चाइजीका लागि राम्रो प्रदर्शन गर्न सकेका छैनन्। 

टोलीमा रियानको भूमिका छिट्टै रन बनाउने र खेल समाप्त गर्ने थियो। तर, यो सिजन राजस्थानले आफ्नो ब्याटिङ लाइनअपमा केही परिवर्तन गरेको छ। रियानलाई लखनउविरुद्ध चौथो नम्बरमा ब्याटिङ गर्न पठाइएको थियो र उनले यो मौकाको फाइदा उठाए। २९ बल खेलेका उनले ४३ रन बनाए। दिल्लीविरुद्ध पनि रियानले चौथो नम्बरमा ब्याटिङ गर्ने अपेक्षा गरिएको छ।

नोर्खीमाथि दिल्लीको आश

दक्षिण अफ्रिकाका तीव्र गतिका बलर एनरिच नोर्खी चोटपछि दिल्ली टोलीमा फर्कन तयार छन्। तर, उनले सन् २०२० र २०२१ को आईपीएलमा गरेको प्रदर्शन २०२२ र २०२३ मा कायम राख्न सकेनन्। सन् २०२० मा उनले १६ खेलमा २२ विकेट लिएका थिए भने २०२१ मा ६.१६ को इकोनोमीमा रन दिँदै १२ विकेट। 

सन् २०२२ उनले ६ खेलमा ९ विकेट। पछिल्लो सिजन १० खेल खेलेका उनले १० विकेट लिए। अब दिल्लीले नोर्खी मैदानमा मात्रै नफर्की फर्ममा फर्कने आशा राख्नेछ।

ट्रेन्ट बोल्ट र पावरप्ले

ट्रेन्ट बोल्ट पानीजस्तै शान्त देखिए पनि पावरप्लेमा उनको बलिङ आगो रहन्छ। लखनउविरुद्धको पछिल्लो दुई खेलमा उनले क्विन्टन डी कक र देवदत्त पडिक्कललाई आउट गरेका थिए। राजस्थानले उनलाई पावरप्लेमा अधिकांश समय प्रयोग गरेको छ। उनले आईपीएल २०२२ मा २२ विकेट लिएका थिए। 

मोहम्मद शमीको २८ विकेटपछिको यो दोस्रो उच्च विकेट हो। राजस्थानका बलरहरूले पछिल्लो दुई वर्षमा पावरप्लेमा ३१ विकेट लिएका छन्, जसमध्ये ७१ प्रतिशत (२२ विकेट) बोल्ट एक्लैले लिएका छन्। पावरप्लेमा बोल्टको इकोनोमी ६.८१ मात्रै रहेको छ।

होपले अर्को मौका पाउँलान्?
दिल्लीले पञ्जाबविरुद्धको पहिलो खेलमा पृथ्वी शालाई टोलीमा समावेश गरेको थिएन। उक्त खेलमा ब्याटिङ गर्न आएका शाई होपले २५ बलमा ३३ रनको इनिङ्स खेले। पछिल्लो खेलमा पृथ्वीलाई नखेलाएकोमा केही प्रश्न उठेका छन्। त्यसैले बिहीबार उनलाई टोलीले मौका दिन सक्ने सम्भावना छ। यो हेर्न रोचक हुनेछ, होपले अर्को मौका पाउँछ कि पाउँदैनन्?

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
चौथो एनटिए लिग बिहीबारदेखि
चौथो एनटिए लिग बिहीबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP