• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
हैदराबादसँग मुम्बई पराजित
खेलपाटी संवाददाता
बुधबार, चैत १४, २०८० खेलपाटी संवाददाता
हैदराबादसँग मुम्बई पराजित

काठमाडौँ। सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सलाई पराजित गरेको छ। बुधबार सम्पन्न खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले पराजित गरेको हो।

हैदराबादले दिएको २७८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४६ रनमात्रै बनायो।

मुम्बईका टिम डेविड ४२ रनमा अविजित रहे। उनले २२ बलमा २ चौका र ३ छक्का प्रहार गरे। यता, रोमारियो शेफर्ड पनि १५ रनमा अविजित रहे।

मुम्बईले पहिलो विकेट ५६ रन बनाउँदा नै गुमाएको थियो। शाहबाज अहमदको बललाई ओपनर इशान किशनले स्लग स्वीप खेल्न खोजेका थिए। 

तर, अपर एज लागेर डीप मिड विकेटमा एडम मारक्रमबाट क्याच आएट भए। उनले १३ बलमा २ चौका र ४ छक्कासहित ३४ रन बनाए।

अर्का ओपनर रोहित शर्मा पाँचौँ ओभरको तेस्रो बलमा फाइन लेगमा अभिषेक शर्माबाट क्याच आएट भए। प्याट कमिन्सको बलमा आउट हुनुअघि रोहितले १२ बलमा १ चौका र ३ छक्कासहित ३४ रन बनाए।

त्यसपछि मुम्बईको इनिङ्स नमन धीर र तिलक बर्माले उकासे। उनीहरूले तेस्रो विकेटका लागि ११६ रनको साझेदारी गरे।

११औँ ओभरको चौथो बलमा नमन सर्कलमा रहेका कमिन्सबाट ३० रनमा आउट भए। उनले १४ बलमा २ चौका र २ छक्कासहित ३० रन बनाए।

१५औँ ओभरमा तिलक पनि क्याच आउट भए। उनले ३४ बलमा २ चौका र ६ छक्कासहित ६४ रन बनाए। उनी कमिन्सको बललाई पुल गर्ने प्रयास गर्दा लङ अनमा रहेका मयंक अग्रवालबाट क्याच आउट भए।

कप्तान हार्दिक पाण्ड्या २० बलमा १ चौका र १ छक्कासहित २४ रन बनाएर विकेटकिपर हाइनरिक क्लासनबाट क्याच आउट भए। हैदराबादका जयदेव उनादकट र प्याट कमिन्सले २/२ विकेट लिए। शाहबाज अहमदको नाममा १ विकेट रह्यो।

त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २७७ रन बनाएको थियो।

हाइनरिक क्लासनले अविजित रहँदै सर्वाधिक ८० रन बनाए। ३४ बल खेलका उनले ४ चौका र ७ छक्का प्रहार गरे। यता, एडन मारक्रमले २८ बलमा २ चौका र १ छक्कासहित अविजित रहँदै ४२ रन बनाए।

हैदराबादले पहिलो विकेट ४५ रनमा गुमाएको थियो। पाँचौँ ओभरको पहिलो बलमा मयंक अग्रवाल ११ रनमा आउट भए। 

मंयक १३ बलमा १ चौकासहित ११ रन बनाएर आउट भए। उनी हार्दिक पाण्ड्याको बललाई पुल गर्ने प्रयासमा टिम डेविडबाट क्याच आउट भएका हुन्।

त्यसपछि कृजमा आएका ट्रेविस हेड र अभिषेक शर्मा तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए। हेड आठौँ ओभरको पाँचौँ बलमा हेड ६२ रनमा आउट भए। उनले २४ बलमा ९ चौका र ३ छक्कासहित ६२ रन बनाए।

उनी जेराल्ड कट्जीको बलमा शट थर्डमा नमन धीरबाट क्याच आउट भएका हुन्। शर्मा भने ११औँ ओभरको अन्तिम बलमा नमन धीरको बलमा क्याच आउट भए। पियुष चावलाको बलमा शर्मा डीप मिड विकेटमा धीरबाट ६३ रनमा क्याच आउट भए।

शर्माले २३ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। मुम्बईका हार्दिक पाण्ड्या, जेराल्ड कट्जी र पियुष चावलाको नाममा १/१ विकेट रह्यो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
चौथो एनटिए लिग बिहीबारदेखि
चौथो एनटिए लिग बिहीबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP