• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बक्सिङ
  • गृहपृष्ठ
  • बक्सिङ
भुपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा
खेलपाटी संवाददाता
बुधबार, चैत १४, २०८० खेलपाटी संवाददाता
भुपेन्द्र, निश्चल र खगेन्द्र सेमिफाइनलमा

काठमाडौं । नेपाल प्रहरीका भुपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र नेपाल आर्मीका खगेन्द्र रोका मगर छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार पुरुष ६३ दशमलव ५ केजीको भिडन्तमा साग स्वर्णधारी भुपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्द, निश्चलले एपीएफका सोनाम सार्की र खगेन्द्र रोका मगरले मधेश प्रदेशका मृनाल जोशीलाई पराजित गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष ५१ केजीमा भुपेन्द्रका सहोदर भाइ चन्द्रबहादुर थापाले कोशी प्रदेशका फुङलाङ काम्बाङ, बागमती प्रदेशका लालप्रसाद उप्रेतीले लुम्बिनीका भरत पुन, आर्मीका विमल घर्ती मगरले कर्णाली प्रदेशका लक्ष्मण राई र मधेश प्रदेशका रविन थापाले एपीएफका प्रदीप महर्जनलाई हराउदै सेमिफाइनलमा स्थान बनाए ।

पुरुष ५७ केजीमा प्रहरीका निकेश देशारले एपीएफका पुरन राईबाट वाकओभर पाउदै सेमिफाइनल यात्रा तय गरे । सोही स्पर्धामा कर्णाली प्रदेशका सुलभ मालीले कोशीका डम्बरबहादुर श्रेष्ठ, सुदूरपश्चिमका विशाल जाग्रीले बागमतीका निराजन मोक्तान र आर्मीका प्रेम चौधरीले लुम्बिनी प्रदेशका मन्सुब बस्नेतलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

पुरुष ७१ केजीमा एपीएफका विक्रम चौधरीले मधेशका सुजित पराजुली तथा बागमतीका अश्विन धिरन श्रेष्ठले लुम्बिनीका मनोज श्रेष्ठलाई पन्छ्याउदै सेमिफाइनलमा पुगे । पुरुष ८० केजीमा सुदूरपश्चिमका बालाजी रावलले प्रहरीका प्रदीप पार्की तथा आर्मीका दिपेश लामाले एपीएफका सुमन कार्कीको चुनौती समाप्त पार्दै सेमिफाइनलमा प्रवेश गरे ।

गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला ५० केजीमा बागमतीकी रमिशा श्रेष्ठले सुदूरपश्चिमकी सोनिया सेठ्ठी तथा आर्मीकी आरती ब्लोनले कोशीकी शिला राईलाई निराश पार्दै सेमिफाइनलमा पुगे ।

महिला ५७ केजीमा आर्मीकी वर्षा श्रेष्ठले एपीएफकी सर्मिला तामाङ तथा प्रहरीकी निशा तामाङले मधेशकी अन्शु केसीलाई पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । महिला ६० केजीमा आर्मीकी ललिता महर्जनले मधेशकी निश्मा गुरुङ तथा कोशीकी जोनु लिम्बूले सुदूरपश्चिमकी कविता सिंहलाई हराउदै सेमिफाइनलमा स्थान बनाउन सफल रहे ।

प्रतियोगिताअन्तर्गत बिहीबार पुरुषमा ९ र महिलामा १२ गरी जम्मा २१ खेल हुने आयोजकले जनाएको  छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य
एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
पिएसजीको सानदार सुरुआत
पिएसजीको सानदार सुरुआत
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP