• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
एशिया कपमा छैन नेपालको उत्कृष्ट प्रदर्शन
खेलपाटी संवाददाता
बुधबार, चैत १४, २०८० खेलपाटी संवाददाता
एशिया कपमा छैन नेपालको उत्कृष्ट प्रदर्शन

काठमाडौँ। सन् २०२४ को महिला एशिया कप टी–२० ढाँचामा १९ देखि २८ जुलाईसम्म श्रीलंकाको डम्बुलामा आयोजना हुँदै छ। यस प्रतियोगितामा ८ टोलीले सहभागिता जनाउने छन्।

अघिल्लो संस्करणमा बंगलादेश, भारत, पाकिस्तान, श्रीलंका, थाइल्यान्ड, यूएई र मलेसियाले सहभागिता जनाएका थिए। तर,यसपटक थप दुई टोली थपिएको छ।

योसँगै आयोजक श्रीलंका, भारत, पाकिस्तान र बंगलादेशका साथै यूएई, नेपाल, थाइल्यान्ड र मलेसियाका टोली सहभागी हुनेछन्। एशियाली क्रिकेट काउन्सिल (एसीसी)ले पहिला अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकासहित एसीसी महिला प्रिमियर कपको फाइनल खेल्ने दुई टोलीलाई एशिया कप खेलाउने नियम बनाएको थियो। 

तर, एसीसीले गत फेब्रुअरी १०–१५ सम्म मलेसियामा आयोजना भएको प्रिमियर कपको सेमिफाइनलमा पुग्ने थप दुई टोलीलाई पनि एशिया कप खेलाउने निर्णय गरेसँगै नेपालले स्थान पक्का गरेको हो।

योसँगै नेपाली महिला टोलीले एशिया कपमा तेस्रोपटक सहभागिता जनाउने भएका छन्। नेपालले यसअघि २०१२ र २०१६ मा एशिया कप खेलेको थियो। तर, दुवै पटक नेपाल समूह चरणबाट अगाडि बढ्न सकेन।

सन् २०१२ को एशिया कप पाँचौँ संस्करण थियो। यद्यपि, यो टी–२० ढाँचामा खेलिएको पहिलो संस्करण थियो। यसअघिका चारै संस्करणहरू एक दिवसीय ढाँचामा खेलिएका थिए। एसीसीले आयोजना गरेको यो प्रतियोगिता चीनको ग्वान्झाउमा भएको थियो। 

सबै खेलहरू सन् २०१० को एशियाली खेलकुदअन्तर्गत क्रिकेट प्रतियोगिता भएको गुआंगगोङ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएका थिए। २४ देखि ३१ अक्टोबर २०१२ सम्म खेलिएको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरेका थिए।

पहिलो सहभागितामा नेपाल समूह ‘बी’ मा रहेको थियो। यो समूहमा बंगलादेश, श्रीलंकासँगै चीन र नेपाल थिए। चीनले नेपाललाई ४५ रनले पराजित गर्दै २ अंक जोड्यो। तर, नेपाली टोली जित र अंकविहीन हुँदै स्वदेश फर्कियो।

त्यसको चार वर्षपछि नेपालले पुनः एशिया कपमा स्थान बनायो। एशिया कपको यो छैटौँ संस्करण थियो। २६ नोभेम्बरदेखि ४ डिसेम्बरसम्म थाइल्यान्डमा भएको यो प्रतियोगिता टी–२० मा खेलिएको दोस्रो संस्करण थियो। खेलहरू एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी ग्राउन्ड र तेर्डथाइ क्रिकेट मैदान (दुवै बैंककमा अवस्थित)मा खेलाइयो।

प्रतियोगितामा अपराजित रहेको भारतले फाइनलमा पाकिस्तानलाई १७ रनले हराएको थियो। भारत र पाकिस्तानसँगै बंगलादेश, श्रीलंका, आयोजक थाइल्यान्ड, र नेपालले सहभागिता जनाएका थिए। महिला विश्वकप एशिया छनोटको फाइनलमा पुगेपछि नेपालले दोस्रोपटक एशिया कपमा स्थान बनाएको थियो। 

बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका आईसीसीको पूर्ण राष्ट्र थिए। नेपाल र थाइल्यान्डले भने आईसीसीबाट टी–२०आई मान्यता पाइसकेको थिएन। नेपालले सन् २०१९ मा मात्रै टी–२० आई मान्यता पाएको हो। सन् २०१६ पछि नेपाललाई २०२३ मा फेरि एशिया कपमा सहजै स्थान बनाउने मौका प्राप्त गर्‍यो।

यो पटक नेपाल रहेको समूहमा कमजोर प्रतिस्पर्धी थिए। ती प्रतिस्पर्धीविरुद्ध नेपाल हाबी भयो। माल्दिभ्सविरुद्ध त कप्तान रुविना क्षेत्री बेलबासेले अन्तर्राष्ट्रिय क्रिकेट करिअरकै पहिलो शतक प्रहार गरिन्। नेपालले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै हङकङ, भुटान र माल्दिभ्सलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनायो। 

क्वार्टरफाइनलमा कुवेतलाई ८ विकेटले पराजित गरेको नेपालले सेमिफाइनलमा भने आयोजक मलेसियासँग ४ विकेटको हार बेहोर्दै प्रतियोगिताबाट बाहिरियो।

नेपाल र मलेसियाबाहेक यूएई र थाइल्यान्ड पनि सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा यूएईले थाइल्यान्डलाई ४ विकेटले पराजित गर्दै उपाधि भिडन्तमा मलेसियासँगको भेट पक्का गरेको थियो।

फाइनलमा यूएईले मलेसियालाई ३७ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको थियो। योसँगै यूएई र मलेसियाले सहजै स्थान बनाइसकेका थिए। तर, प्रतियोगितामा थप रौनक ल्याउन एसीसीले सेमिफाइनलमा पुगेका थप दुई टोलीलाई समावेश गर्ने निर्णय गरेसँगै नेपाल र थाइल्यान्डले पनि एशिया कपमा सहजै प्रवेश पाएका छन्। 

टी–२० ढाँचामा खेलिने एशिया कप अघिल्लो संस्करणजस्तो हुने छैन। टोली बढेसँगै यसपटक नयाँ ढाँचामा एशिया कप खेलाइने छ। यसपटक टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। अघिल्लो संस्करण सबै टोलीले एक अर्कासँग राउन्ड रोबिन खेलेका थिए। 

यसपटक समूह ‘ए’ मा नेपालसँगै भारत, पाकिस्तान, यूएई र समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, थाइल्यान्ड र मलेसिया छन्। प्रत्येक समूहका शीर्ष दुई टोलीले जुलाई २६ मा सेमिफाइनल खेल्नेछन्। उपाधि भिडन्त २८ जुलाईमा हुने छ। 

एसीसीका अध्यक्ष जय शाहले ८ टोलीले सहभागिता जनाउने भएपछि उत्साहित रहेको बताउँछन्। उनी भन्छन्,‘हामी टोलीहरूबीच बढ्दो सहभागिता र प्रतिस्पर्धा देखेर उत्साहित छौँ। यसले महिला क्रिकेटको बढ्दो लोकप्रियता र महत्त्वलाई झल्काउँछ। यसअघि सन् २०१८ मा ६ टोलीले सहभागिता जनाएका थिए। २०२२ मा ७ वटा टोलीले सहभागी भए र अहिले ८ टोलीले सहभागी जनाउँदै छन्।’

नेपाल कठिन समूहमा छ। तर, प्रतिस्पर्धी भने नयाँ छैन। पाकिस्तान र भारतसँग नेपालले सन् २०१६ को एशिया कपमा खेलेको थियो। सिंगल राउन्ड रोबिनमा सञ्चालन भएको प्रतियोगितामा पहिलो खेलमै नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो।

भारतसँग भने नेपाल ९९ रनले पराजित भयो। रुविनाको कप्तानीमा रहेको टोलीले दुवै खेलमा कमजोर प्रदर्शन गरेको थियो। पाकिस्तानविरुद्ध ४७ रन बनाएको नेपाल हरमीनप्रीत कौरको कप्तानीमा रहेको भारतसँग भने २१ रनमै समेटियो। ६ टोली सहभागी यस प्रतियोगितामा पनि नेपाली टोली अंक र जितविहीन हुँदै स्वदेश फर्किएको थियो।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
सदस्य सचिवसँग कार्यालयमै पुगेर तदर्थ समितिको भेट
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
लुम्बिनीमा थप दुई विदेशी खेलाडी
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
चौथो एनटिए लिग बिहीबारदेखि
चौथो एनटिए लिग बिहीबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP