बुधबार, ०९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

चार वर्षपछि बैंगलुरूमा भिड्दै दुई टोली

सोमबार, १२ चैत्र २०८०खेलपाटी संवाददाता
चार वर्षपछि बैंगलुरूमा भिड्दै दुई टोली
Loading ad...
mustang rice ad

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सोमबार रोयल च्यालेन्जर्स बैंगलुरू र पञ्जाब किंग्स भिड्दै छन्। बैंगलुरूस्थित एम चिन्नास्वामी स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरू हुनेछ।

शुक्रबार सम्पन्न उद्धघाटन खेलमा साविक विजेता चेन्नई सुपर किंग्सले बैंगलुरूलाई ६ विकेटले पराजित गरेको थियो। पञ्जाबले भने आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै सिजनको सुखद् शुरूआत गरेको थियो

दुवै टोली चार वर्षपछि बैंगलुरूको मैदानमा आमनेसामने हुन लागेका हुन्। यसअघि सन् २०१९ मा यी दुई टोली यस मैदानमा भिडेका थिए। उक्त खेलमा बैंगलुरू १७ रनले विजयी भएको थियो।

आईपीएलको इतिहासमा बैंगलुरू र पञ्जाबबीच अहिलेसम्म ३१ खेल भएका छन्। जसमा बैंगलुरूले १४ खेल जितेको छ भने पञ्जाबले १७। बैंगलुरूको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा यी दुई टोलीबीच अहिलेसम्म ११ वटा खेल भइसकेका छन्। बैंगलुरूले ६ र पञ्जाबले ५ जित हात पारेको छ।

बैंगलुरूको बलियो ब्याटिङ लाइनअप छ। जसमा कप्तान फाफ डु प्लेसिस, विराट कोहली, रजत पाटीदार, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन र दिनेश कार्तिक जस्ता नामहरू छन्।

म्याक्सवेल, ग्रीन र कार्तिकले फिनिशरको भूमिका राम्रोसँग निर्वाह गर्न सक्छन्। टोलीले अल्जारी जोसेफ, यश दयाल र लोकी फर्गुसनलाई किनेर बलिङ लाइनअप पनि बलियो बनाएको छ।

तर, अनुज रावत (४८) र दिनेश कार्तिक (३८) बाहेक चेन्नईविरुद्ध कसैले ठूलो इनिङ्स खेल्न सकेनन्। यो सिजनको सर्वाधिक रन बनाउने खेलाडी अनुज हुन्। क्यामरुन ग्रीन सर्वाधिक विकेट लिने खेलाडी हुन्।

बैंगलुरूको मैदानमा विराट कोहली सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले ८० खेलमा २६७५ रन बनाएका छन्। यस मैदानमा उनले २० अर्धशतक पनि बनाएका छन्।

यता, बैंगलुरूका कप्तान फाफ डुप्लेसिसले यस मैदानमा खेलेका १० मध्ये ५ खेलमा अर्धशतक बनाएका छन्। यो सिजन पनि उनी उत्कृष्ट फर्ममा देखिन्छन्।

पञ्जाब टोलीमा शिखर धावन, रिले रुसो, लियाम लिभिङ्स्टन, जोनी बेयरस्टो, प्रभसिमरन सिंह र जितेश शर्माजस्ता ब्याटर छन्। अर्शदीप सिंह, कागिसो रबाडा, नाथन एलिस र क्रिस वोक्सजस्ता बलर पनि हैदरावादको टोलीमा छन्। हर्षल पटेलको आगमनसँगै डेथ ओभरमा टोलीको बलिङ घातक बनेको छ।

साम कुरानजस्ता अलराउन्डर पनि छन्। सामले अन्तिम खेलमा टोलीको जितमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनी अहिले टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन्। अर्शदीपले सर्वाधिक विकेट लिएका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

चार खेलपछि जित्यो रियल

चार खेलपछि जित्यो रियल

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा