• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
चार वर्षपछि बैंगलुरूमा भिड्दै दुई टोली
खेलपाटी संवाददाता
सोमबार, चैत १२, २०८० खेलपाटी संवाददाता
चार वर्षपछि बैंगलुरूमा भिड्दै दुई टोली

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सोमबार रोयल च्यालेन्जर्स बैंगलुरू र पञ्जाब किंग्स भिड्दै छन्। बैंगलुरूस्थित एम चिन्नास्वामी स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरू हुनेछ।

शुक्रबार सम्पन्न उद्धघाटन खेलमा साविक विजेता चेन्नई सुपर किंग्सले बैंगलुरूलाई ६ विकेटले पराजित गरेको थियो। पञ्जाबले भने आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै सिजनको सुखद् शुरूआत गरेको थियो

दुवै टोली चार वर्षपछि बैंगलुरूको मैदानमा आमनेसामने हुन लागेका हुन्। यसअघि सन् २०१९ मा यी दुई टोली यस मैदानमा भिडेका थिए। उक्त खेलमा बैंगलुरू १७ रनले विजयी भएको थियो।

आईपीएलको इतिहासमा बैंगलुरू र पञ्जाबबीच अहिलेसम्म ३१ खेल भएका छन्। जसमा बैंगलुरूले १४ खेल जितेको छ भने पञ्जाबले १७। बैंगलुरूको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा यी दुई टोलीबीच अहिलेसम्म ११ वटा खेल भइसकेका छन्। बैंगलुरूले ६ र पञ्जाबले ५ जित हात पारेको छ।

बैंगलुरूको बलियो ब्याटिङ लाइनअप छ। जसमा कप्तान फाफ डु प्लेसिस, विराट कोहली, रजत पाटीदार, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन र दिनेश कार्तिक जस्ता नामहरू छन्।

म्याक्सवेल, ग्रीन र कार्तिकले फिनिशरको भूमिका राम्रोसँग निर्वाह गर्न सक्छन्। टोलीले अल्जारी जोसेफ, यश दयाल र लोकी फर्गुसनलाई किनेर बलिङ लाइनअप पनि बलियो बनाएको छ।

तर, अनुज रावत (४८) र दिनेश कार्तिक (३८) बाहेक चेन्नईविरुद्ध कसैले ठूलो इनिङ्स खेल्न सकेनन्। यो सिजनको सर्वाधिक रन बनाउने खेलाडी अनुज हुन्। क्यामरुन ग्रीन सर्वाधिक विकेट लिने खेलाडी हुन्।

बैंगलुरूको मैदानमा विराट कोहली सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले ८० खेलमा २६७५ रन बनाएका छन्। यस मैदानमा उनले २० अर्धशतक पनि बनाएका छन्।

यता, बैंगलुरूका कप्तान फाफ डुप्लेसिसले यस मैदानमा खेलेका १० मध्ये ५ खेलमा अर्धशतक बनाएका छन्। यो सिजन पनि उनी उत्कृष्ट फर्ममा देखिन्छन्।

पञ्जाब टोलीमा शिखर धावन, रिले रुसो, लियाम लिभिङ्स्टन, जोनी बेयरस्टो, प्रभसिमरन सिंह र जितेश शर्माजस्ता ब्याटर छन्। अर्शदीप सिंह, कागिसो रबाडा, नाथन एलिस र क्रिस वोक्सजस्ता बलर पनि हैदरावादको टोलीमा छन्। हर्षल पटेलको आगमनसँगै डेथ ओभरमा टोलीको बलिङ घातक बनेको छ।

साम कुरानजस्ता अलराउन्डर पनि छन्। सामले अन्तिम खेलमा टोलीको जितमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनी अहिले टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन्। अर्शदीपले सर्वाधिक विकेट लिएका छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
चौथो एनटिए लिग बिहीबारदेखि
चौथो एनटिए लिग बिहीबारदेखि
लिग गर्न नसकेपछि मोहन बगानले भारतीय टोलीलाई दिएन खेलाडी
लिग गर्न नसकेपछि मोहन बगानले भारतीय टोलीलाई दिएन खेलाडी
नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने
नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP