बुधबार, ०९ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

राजस्थानसँग लखनउ पराजित

आइतबार, ११ चैत्र २०८०खेलपाटी संवाददाता
राजस्थानसँग लखनउ पराजित
Loading ad...
mustang rice ad

काठमाडौँ। सञ्जु सामसनले कप्तानी इनिङ्स खेलेसँगै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ।

आइतबार सम्पन्न दिनको पहिलो खेलमा राजस्थानले लखनउलाई २० रनले पराजित गरेको हो। १९४ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन मात्रै बनाउन सक्यो।

लखनउका निकोलस पूरनले अविजित रहँदै ६४ रन बनाए। ४१ बल खेलेका उनले ४ चौका र ४ छक्का प्रहार गरे। क्रुणाल पाड्या ३ रनमा अविजित रहे।

लखनउले पहिलो विकेट ४ रन बनाउँदा नै गुमाएको थियो। ट्रेन्ड बोल्टको बललाई फाइन लेगतिर खेल्ने धुनमा क्विंटन डिक नान्द्रे बर्गरबाट क्याच आउट भए।

थप ६ रन बनाउँदा देवदत्त पडिक्कल बोल्टबाटै बोल्ड हुँदै डक आउट भए। लगत्तै आयुष बदोनीलाई जोश बर्गरले मिडअफमा जोश बटलरबाट १ रनमा क्याच आउट गराए।

त्यसपछि लखनउको इनिङ्स दिपक हुड्डा र निकोलस पुरनले सम्हालेका थिए। उनीहरूले चौथो विकेटका लागि २६ बलमा ४९ रनको साझेदारी गरे। 

दिपक आठौँ ओभरको तेस्रो बलमा ध्रुव जुरेलबाट डीप मिडविकेटमा २६ रनमा क्याच उट भए। युजवेन्द्र चहलको बलमा आउट हुनुपूर्व उनले १३ बलमा २ चौका र २ छक्का प्रहार गरे।

यता, ४ बल खेलेका मार्कस स्टोयनिस ३ रनमा समेटिए। राजस्थानका ट्रेन्ट बोल्डले सर्वाधिक २ विकेट लिए। नान्द्रे बर्गर, रवि अश्विन, युजवेन्द्र चहल र सन्दीप शर्माको नाममा १/१ विकेट रह्यो। 

त्यसअघि सवाई मानसिंह स्टेडियम जयपुरमा टस जितेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९३ रन बनाएको थियो।

राजस्थानका सञ्जुले अविजित रहँदै ८२ रनको इनिङ्स खेले। ५२ बल खेलेका उनले ३ चौका र ६ छक्का प्रहार गरे। यता, ध्रुव जुरेल १२ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २० रनमा अविजित रहे।

राजस्थानले पहिलो विकेट १३ रन बनाउँदा नै गुमाएको थियो। नवीन उल हकको बललाई कभर ड्राइभमा खेल्ने क्रममा ओपनर जोस बटलर ११ रनमा आउट भए।

त्यसपछि राजस्थानको इनिङ्स अर्का ओपनर यशस्वी जयसवाल र कप्तान सञ्जु सामसनले उकास्ने प्रयास गरेका थिए। उनीहरूले दोस्रो विकेटका लागि १८ बलमा ३६ रनको साझेदारी गरे। यद्यपि, पाँचौँ ओभरको अन्तिम बलमा जयसवाल २४ रनमा पेभिलियन फर्किए।  

मोहिसिन खानको बललाई पुल प्रहार गर्ने क्रममा उनी क्रुणाल पाड्याबाट मिडअनमा क्याच आउट भए। चौथो नम्बरमा आएका रियान परागले २९ बलमा १ चौका र ३ छक्कासहित ४३ रन बनाए। उनी १५औँ ओभरको पाँचौँ बलमा डीप स्क्वायर लेगमा दिपक हुड्डाबाट क्याच आउट भए। 

पराग र सञ्जुले तेस्रो विकेटका लागि ५९ बलमा ९९ रनको साझेदारी गरे। शिमरोन हेटमेयर ५ रनमा आउट भए। लखनउका नवीन उल हकले सर्वाधिक २ विकेट लिए। मोहसिन खान र रवि बिश्नोईको नाममा १/१ विकेट रह्यो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पथरीलाई हराउँदै मच्छिन्द्र फाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

पुलिस चन्द्रगढी महिला गोल्डकपको सेमिफाइनलमा

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

ओमानसँग नेपाल ‘ए’ को फराकिलो हार

नेपालको मुस्किलको जित

नेपालको मुस्किलको जित

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ महिला च्याम्पियनसिप : नेपाल सहज समूहमा

चार खेलपछि जित्यो रियल

चार खेलपछि जित्यो रियल

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

कुशलको १५औं अर्धशतकसँगै नेपालको सहज जित

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा