काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार दोस्रो खेलमा दुई पटकको च्याम्पियन कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादको सामना गर्नेछ। हैदरावाद सन् २०१६ को च्याम्पियन टोली हो।
कोलकाताले आईपीएल इतिहासमा पहिलो खेल २००८ मा खेलेको थियो। जसमा टोलीका लागि ब्रेन्डन म्याकुलमले १५८ रनको इनिङ्स खेलेका थिए। टोलीले सन् २०१२ र २०१४ मा दुई पटक उपाधि जितेको थियो भने २०२१ मा उपविजेतामा सिमित।
कोलकाता यसपटक श्रेयस अय्यरको कप्तानीमा मैदान उत्रिने छ। उनले यसअघि दिल्ली क्यापिटल कप्तानी गरेका थिए। अर्कोतर्फ २०१६ को च्याम्पियन सनराइजर्स हैदरावादले २०१३ मा आईपीएल खेल्न थालेको हो। यसअघि हैदरावाद क्यापिटलको नाम डेक्कन चार्जर्स थियो।
जसले सन् २००९ मा एडम गिलक्रिस्टको कप्तानीमा उपाधि जितेको थियो। त्यसपछि २०१६ मा डेभिड वार्नरले टोलीलाई च्याम्पियन बनाए। यस सिजन अस्ट्रेलियाका प्याट कमिन्सले हैदरावादको नेतृत्व गर्नेछन्, जसको काँधमा ८ वर्षपछि टोलीलाई च्याम्पियन बनाउने जिम्मेवारी छ। कमिन्सले पहिलो पटक आईपीएलको कप्तानी गर्न लागेका हुन्।
आईपीएलमा हालसम्म कोलकाता र हैदरावादबीच २५ खेल भइसकेका छन्। ९ खेलमा हैदरावाद र १५ खेलमा कोलकाता विजयी भएका छन्। दुवैबीच एक खेल टाई पनि भएको इतिहास छ।
कोलकाताको इडेन गार्डेन स्टेडियममा हैदरावादको कीर्तिमान अझ खराब छ। टोलीले यहाँ ९ खेल खेलेको छ। जसमा ३ खेलमा मात्रै जित हासिल गर्न सकेको छ। घरेलु मैदानमा कोलकाताले ८१ मध्ये ४७ अर्थात् ५४ प्रतिशत खेल जितेको छ।
कोलकाताका आन्द्रे रसेलले सनराइजर्स हैदरावादविरुद्ध १७ विकेट लिएका छन्। जुन कोलकाताका लागि सबैभन्दा बढी हो। उनीपछि सुनिल नारायणको नाममा ११ विकेट छन्। तर, यी ११ विकेट लिन उनले २२ खेल खेल्नुपर्ने थियो।
उपकप्तान नितिश राणाले हैदरवादविरुद्ध १५ खेलमा ५३७ रन बनाएका छन्। उनीपछि मनिष पाण्डेले १४ खेलमा ३५१ रन बनाएका छन्। यी चार खेलाडी आज पनि हैदरावादविरुद्ध चम्कन सक्छन्।
हैदरावादका बलर भुवनेश्वर कुमारले कोलकाताविरुद्ध २७ खेलमा ३२ विकेट लिएका छन्। जुन आईपीएलमा सबैभन्दा धेरै हो। उनी आजको खेलमा चलेको खण्डमा हैदरावादले महत्त्वपूर्ण जित हासिल गर्न सक्छ। उनीपछि थंगारासु नटराजनले मात्र ७ खेलमा ११ विकेट लिएका छन्।
ब्याट्सम्यान राहुल त्रिपाठी र मयांक अग्रवाल दुवैले कोलकाताविरुद्ध ३०८/३०८ रन बनाएका छन्। दुवैको कोलकाताविरुद्ध २/२ अर्धशतक पनि छ।