• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
९ कप्तानले जितेका छैनन् आईपीएल उपाधि
खेलपाटी संवाददाता
शनिबार, चैत १०, २०८० खेलपाटी संवाददाता
९ कप्तानले जितेका छैनन् आईपीएल उपाधि

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ धेरै हिसाबले रोचक बन्दै गएको छ। १७औँ सिजन शुरू हुनुअघि चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीले आफ्नो पद ऋतुराज गायकवाडलाई हस्तान्तरण गरेका थिए। यो सिजन ऋतुराजले चेन्नईको कप्तानी सम्हाल्नेछन्। 

यससँगै पुराना कप्तानको युगको अन्त्य भएको छ । यो पहिलो पटक हुनेछ जब विराट कोहली, रोहित शर्मा र धोनी एकसाथ टोलीको कमान्डिङबाट बाहिर रहने छन्। यस सिजन १० टोलीका १० कप्तानमध्ये ९ जना यस्ता छन्, जसलाई आफ्नो कप्तानीमा पहिलो आईपीएल उपाधि जिताउनुपर्ने जिम्मेवारी छ।

सन् २०२२ मा हार्दिक पाण्ड्याले गुजरात टाइटन्सलाई उपाधि दिलाएका थिए। बाँकीले खेलाडीको रूपमा उपाधि पक्कै जितेका छन्। तर, कप्तानी भूमिका सम्हालेपछि टोलीलाई उपाधि दिलाउन सकेका छैनन्।

यस सिजनमा तीन कप्तानले पहिलो पटक आईपीएलमा टिमको कमाण्ड गरिरहेका छन्। जसमा ऋतुराज (चेन्नई सुपर किंग्स), शुभमन गिल (गुजरात टाइटन्स) र प्याट कमिन्स (सनराईजर्स हैदराबाद) पर्छन्। बाँकी ७ जनासँग केही खेलमा कप्तानी गरेको अनुभव छ । 

यस सिजनको सबैभन्दा अनुभवी आईपीएल कप्तानको बारेमा कुरा गर्दा कोलकाता नाइट राइडर्सका श्रेयस अय्यर शीर्ष स्थानमा पर्छन्। उनीसँग यो लिगमा ५५ खेलमा कप्तानी गरेको अनुभव छ । कोलकाताअघि उनी दिल्ली क्यापिटल्सका कप्तान थिए। 

सूचीको दोस्रो स्थानमा लखनऊ सुपर जायन्ट्सका केएल राहुल छन्। उनीसँग ५१ खेलमा कप्तानी गरेको अनुभव छ । यो सूचीमा राजस्थान रोयल्सका सञ्जु सामसन तेस्रो नम्बरमा छन्। उनले ४५ खेलमा कप्तानी गरेका छन्।

त्यसपछि सूचीमा मुम्बई इन्डियन्सका नयाँ कप्तान हार्दिक पाण्ड्या चौथो स्थानमा छन्। हार्दिकसँग आईपीएलमा ३१ खेलमा कप्तानी गरेको अनुभव छ । योसँगै दिल्ली क्यापिटल्सका ऋषभ पन्त ३० खेलको कप्तानी अनुभवका साथ पाँचौँ स्थानमा छन्। 

रोयल च्यालेन्जर्स बैंग्लोरका फाफ डुप्लेसिस २७ खेलको कप्तानी अनुभवका साथ छैटौँ स्थानमा छन् भने पञ्जाब किंग्सका शिखर धवन सातौँ स्थानमा। उनले २२ खेलमा कप्तानी गरेका छन्। तर, यीमध्ये हार्दिकबाहेक अरू कसैले टोलीलाई उपाधि दिलाउन सकेका छैनन्। 

उमेरका हिसाबले डुप्लेसिस सबैभन्दा अनुभवी कप्तान हुन्। उनी ३९ वर्षका छन्। ३८ वर्षीय धवन सूचीको दोस्रो स्थानमा छन्। ३१ वर्षीय राहुल तेस्रो, ३० वर्षीय कमिन्स चौथो र ३० वर्षीय हार्दिक पाँचौँ (कमिन्स एक दिन जेठो), २९ वर्षीय सामसन छैठौँ, २९ वर्षीय श्रेयस सातौँ (दिनको भिन्नता), २७ वर्षीय ऋतुराज आठौँ, २६ वर्षीय ऋषभ पन्त नवौँ र २४ वर्षीय शुभमन गिल दशौँमा छन्। अर्थात शुभमन यस सिजनका सबैभन्दा कान्छा कप्तान हुन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
चौथो एनटिए लिग बिहीबारदेखि
चौथो एनटिए लिग बिहीबारदेखि
लिग गर्न नसकेपछि मोहन बगानले भारतीय टोलीलाई दिएन खेलाडी
लिग गर्न नसकेपछि मोहन बगानले भारतीय टोलीलाई दिएन खेलाडी
नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने
नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP