• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेरीले १७ वर्षपछि थन्काइन् ब्याट र बल
खेलपाटी संवाददाता
मंगलबार, चैत ६, २०८० खेलपाटी संवाददाता
नेरीले १७ वर्षपछि थन्काइन् ब्याट र बल

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीकी पहिलो कप्तान नेरी थापाले सन्न्यासको घोषणा गरेकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले घरेलु र अन्तर्राष्ट्रिय दुवै क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेकी हुन्। 

‘आज म मेरो रिटायरमेन्ट घोषणा गर्दैछु राष्ट्रिय/अन्तर्राष्ट्रियबाट। क्रिकेट क्यारियरमा सकरात्मक र नकारात्मक पक्षहरूको साथ अविश्वसनीय १७ वर्षको उत्कृष्ट यात्रा थियो। मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु। विशेषगरी मेरो परिवारलाई धन्यवाद दिन्छु, जसले मलाई यात्रामा सधैँ साथ दिनुभयो,’ उनले लेखेकी छन्।

सन् १९९२ जुन ३ मा नेपालगञ्जमा जन्मिएकी नेरीले २००७ को एसीसी महिला च्याम्पियनसिपमार्फत् नेपाली महिला राष्ट्रिय टोलीको कप्तानी गरेकी थिइन्। यो नै नेपालको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता थियो।

पहिलो सहभागितामै नेपाली महिला टोली फाइनलमा पुगेको थियो। तर, बंगलादेशसंग पराजित हुँदै उपविजेता बनेको थियो।

पहिलो प्रतियोगितामा नेरीले ५ खेलमा १२ विकेट लिएकी थिइन्। नेरीको कप्तानीमा महिला टोलीले सन् २००८ मा एसीसी यू-१९ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो।

सोही सफलतापछि नेरीलाई सन् २००८ मा एशियन क्रिकेट काउन्सिल (एसीसी)ले उदयमान खेलाडीको अवार्ड प्रदान गरेको थियो।

सन् २००९ एसीसी महिला टी२० च्याम्पियनसिपमा नेपाली महिला टिमले तेस्रो स्थान हाँसिल गर्दा नेरी प्रतियोगिताकै सर्वाधिक विकेटकर्ता बनेकी थिइन्। उनले प्रतियोगितामा १४ विकेट लिएकी थिइन्।

उनकै कप्तानीमा नेपालले सन् २०१० मा एसीसी यू-१९ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो। सो प्रतियोगितामा नेरी उत्कृष्ट ब्याट्सम्यान घोषित भएकी थिइन्।

उनले अन्तिम पटक सन् २०११ मा कुवेतमा आयोजित एसीसी महिला टी२० प्रतियोगितामा नेपाली टोलीको कप्तानी गरेकी थिइन्। त्यसअघि नेपालले ऋतु कनौजिया र निरा राजोपाध्यलाई पनि टोलीको कप्तानी जिम्मेवारी सम्हालेका थिए।

सन् २०११ बाट भने रुविना क्षेत्री बेलबासे २०२३ सम्म कप्तानी सम्हाल्लेकी थिइन्। नेरीले विभागीय टोली एपीएफबाट घरेलु क्रिकेट खेल्दै आएकी थिइन्। तर, टोलीमा भने स्थान बनाउन सकेकी थिइनन्।

नेरी घरेलु क्रिकेट इतिहासमै शतक बनाउने पहिलो खेलाडी हुन्। सन् २०१४ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालगञ्जको (तत्कालीन क्षेत्र नम्बर ५)का लागि खेल्दै काठमाडौँविरुरुद्ध उनले १२१ रन बनाएकी थिइन्।

नेरीले सन् २०१९ जनवरीमा थाइल्यान्ड आयोजित चीनविरुद्धको अभ्यास खेलबाट अन्तर्रष्ट्रिय करियरको शुरूआत गरेकी थिइन्।

उनले सन् २०१९ मा थाइल्यान्डको बैंककमा आयोजना भएको आईसीसी महिला छनोट एशिया प्रतियोगितामा समेत सहभागिता जनाएकी थिइन्।

यसै प्रतियोगितामा उनले एकै खेलमा ५ विकेट लिएकी थिइन्। उनी सो प्रतियोगितामा संयुक्त रूपमा सबैभन्दा बढी विकेट लिने खेलाडीमध्ये एक थिइन्।

६ खेल खेलेकी उनले १३ विकेट लिएकी थिइन्। त्यसयता भने उनले राष्ट्रिय टोलीमा स्थान बनाउन सकेकी थिइनन्।

यद्यपि, साउनमा उनलाई मलेसियामा आयोजना भएको आईसीसी महिला टी२० विश्वकपअन्तर्गत एशिया क्षेत्रीय छनोट खेल्ने २४ सदस्यीय प्रारम्भिक टोलीमा बोलाइएको थियो।

लामो समयपछि प्रारम्भिक टोलीमा स्थान बनाएकी उनले अन्तिम १५ मा भने आफ्नो स्थान सुरक्षित गर्न सकिनन्। ११ अन्तर्राष्ट्रिय टी२० खेलेकी उनले ६३ रन बनाएकी छन्।

उनले ११ अन्तर्राष्ट्रिय टी२० खेलमा बलिङ गर्दै १७ विकेट लिएकी छन्। यसक्रममा उनले २१९ बलमा १२२ रन खर्चिएकी छन्। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको लगातार दोस्रो जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
सन्दीपले ५ विकेट लिएपछि नेपालको जित
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
नेपाल ‘ए’ र आसामबीचको सिरिज बिहीबारदेखि
तिलोत्तमा क्रिकेट लिग असोजमा
तिलोत्तमा क्रिकेट लिग असोजमा
कीर्तिमानी शकिब
कीर्तिमानी शकिब
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
‘ए’ क्रिकेट टोलीको कप्तानी अनिलले गर्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
भक्त राना स्मृति चेसमा २५० खेलाडीले प्रतिस्पर्धा गर्ने
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
मच्छिन्द्रको जितमा गोविन्द र सुमनको ह्याट्रिक
चौथो एनटिए लिग बिहीबारदेखि
चौथो एनटिए लिग बिहीबारदेखि
लिग गर्न नसकेपछि मोहन बगानले भारतीय टोलीलाई दिएन खेलाडी
लिग गर्न नसकेपछि मोहन बगानले भारतीय टोलीलाई दिएन खेलाडी
नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने
नेपालबाट ६ खेलाडीले एसिया प्यासिफिक मोटरस्पोर्टस च्याम्पियनसिप खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP