काठमाडौं । हङकङ टी ट्वान्टी सिरिजको पहिलो खेल रद्ध भएको छ ।
निरन्तरको वर्षाका कारण घरेलु टोली हङकङ र नेपाल बीचको सिरिजको पहिलो खेल रद्ध भएको हो ।
निरन्तरको वर्षाका कारण खेल अघि बढ्न सकेन । नेपालले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङमा हङकङ उत्रिएको खेलमा ८ ओभरको सकिदा पुन वर्षा भएको थियो । हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको थियो ।
हङकङको इनिङ्समा ओपनर मार्टिन कोत्जेई शुन्य रनमा डकआउट भएका थिए । उनलाई करन केसीले गुलसन झाको हातबाट क्याच आउट गराएका थिए । कप्तान निजाकत खानलाई २५ रनमा गुलसन झाले बोल्ड गरेका थिए । अंशु रथ ३६ रनमा खेल्दै गर्दा लगातार पानी परेको हो । बाबर हयात ३ रनमा क्रिजमा थिए ।
सुरुवाती ५ ओभरको सकिदाँ समेत वर्षाले खेललाई प्रभावित बनाएको थियो ।
नतिजा रद्ध भएसँगै नेपाल र हङकङले अंक बाँडेका छन् । तालिकामा दुवैले एक अंक जोडेका छन् ।
हङकङमा त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिज खेल्न गएको नेपालले मंगलबार पीएनजीसँग खेल्नेछ ।
हङकङमा घरेलु टोलीसँगको पहिलो फ्रेन्डसिप कपमा नेपालले हार ब्यहोरेको थियो ।
यस वर्ष विश्वकप क्रिकेट खेल्न लागेको नेपाल टी ट्वान्टी सिरिजमा आफुलाई ब्यस्त राखेको छ ।