लालीगुराँस पहिलो
शनिबार, २१ पौष २०७५खेलपाटी संवाददाता

काठमाडौं । लालीगुराँस क्लबले पारा राष्ट्रिय खेलकुद च्याम्पियनसिपअन्तर्गत पारा महिला फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल अपाङ्ग फुटबल संघको व्यवस्थापनमा भएको प्रतियोगिताको फाइनलमा लालीगुराँसले हिमाल क्लबलाई २–१ गोलले पराजित गर्यो । विजयी टिमका लागि सम्झना शर्माले दुवै गोल गरिन् । हिमालकी रश्मिला शेर्पाले १ गोल फर्काइन् । सानो गौचरणमा भएको प्रतियोगितामा डाँफे क्लब तेश्रो भयो ।
विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागकी प्रशासकीय अधिकृत दीपा बाँस्तोलाले उद्घाटन गरेकी थिइन् ।













-1765173906909.webp&w=3840&q=75)
-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)