काठमाडौं । हङकङविरुद्धको फ्रेन्डसिप कप टी ट्वान्टी क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
हङकङको मिसन रोड ग्राउन्डमा शनिबार नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।
मुख्य प्रशिक्षक मोन्टी देसाईले प्लेईङ सेटमा बिनोद भण्डारीलाई मौका दिदै युवा खेलाडीलाई अवसर दिएका छन् ।
प्लेईङ सेटमा आकाश चन्द, रासिद खान, सागर ढकाल, प्रतिस जिसी, गुलसन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, कुशल भुर्तेल र रोहित पौडेल छन् ।
हङकङ भ्रमणमा नेपालले एक टी ट्वान्टी फ्रेन्डसिप कप खेल्नेछ । साथै हङकङ र पपुवा न्युगिनीसँग त्रिकोणात्मक क्रिकेट सिरिज समेत खेल्नेछ ।
यस वर्ष टी ट्वान्टी विश्वकप क्रिकेट खेल्न लागेको नेपालले प्रतियोगिताको तयारी स्वरुप टी ट्वान्टी क्रिकेट सिरिजमा आफुलाई केन्द्रित गरेको छ ।