पुलिसलाई रोक्न सरस्वती सफल

काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम पुलिस सरस्वती युथ क्लबसंग बराबरीमा रोकिएको छ । एपीएफको हलचोक मैदानमा शनिबार भएको लिगको आफ्नो अन्तिम खेलमा पुलिसले सरस्वतीसंग १–१ गोलको बराबरी खेलेको हो ।
खेलको ४९ औ मिनेटमा भिक्टोरको पेनाल्टी गोलमार्फत सरस्वतीले अग्रता बनाएको थियो । पुलिसका खेलाडीले सरस्वतीका तिर्थ बस्नेतलाई डिबक्सभित्र फल गरेपछि सरस्वतीले पेनाल्टीको अवसर पाएको थियो ।
५३ औ मिनेटमा पुलिसले बराबरी गोल फर्कायो । निर कुमार राईको पासलाई सदुपयोग गर्दै रवि पासवानले पुलिसका लागि बराबरी गोल गरेका थिए ।
बराबरीसंगै पुलिसको शीर्ष ६ को स्थान जोखिमपुर्ण बनेको छ । पुलिसले १२ खेलबाट १८ अंक जोड्दै तालिकाको छैटौ स्थानमा यथावत छ । एक खेल कम खेलेको हिमालयन शेर्पा १७ अंक सहित सातौ स्थानमा छ ।
सरस्वती १३ अंक सहित तालिकाको १० औ स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।







-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


