काठमाडौं । टी ट्वान्टी त्रिकोणात्मक सिरिजको फाइनल खेलमा ओपनर आसिफ शेख अर्धशतकको नजिक पुगेर आउट भएका छन् ।
नेदरल्याण्ड्सविरुद्धको फाइनल खेलमा ओपनर आसिफ ४७ रनमा आउट भएका हुन् ।
आसिफ डच बलर माइकल लेविटको एलबीडब्लूको सिकार भए ।
३७ बल खेलेका आसिफले १ चौका र ३ छक्काको मदतले ४७ रन बनाएका थिए । उनी अर्धशतक बनाउन ३ रनले चुके ।
नेपालले १४ ओभरको समाप्तिमा ३ विकेट गुमाएर १ सय २८ रन बनाएको छ ।
अर्का ओपनर कुशल भुर्तेल २० रनमा आउट भएका थिए । कप्ता रोहित पौडेलले २५ रनको योगदान दिएका छन् ।