झापामा एपीएफ क्लबलाई कारबाही
मंगलबार, फागुन २२, २०८०खेलपाटी संवाददाता
काठमाडौं । झापा गोल्डकपले विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफलाई कारबाही गरेको छ ।
सोमबार बागमती युवा क्लबविरुद्धको खेलमा प्रतियोगिता नियमावलीको नियम उल्लंघन गरेको भन्दै आयोजकले एपीएफ क्लबलाई कारबाही गरेको हो ।
आयोजकले खेलाडीको जर्सी तथा जर्सीको रङ सम्बन्धी नियम उल्लंघन गरी खेल खेलेकको भन्दै कारबाही गरिएको जनाएको छ ।
भविष्यमा यस किसिमका गल्ती नदोहोर्याउने लिखित प्रतिबद्धता क्लबबाट माग गर्ने र एपीएफलाई ११ हजार रुपैयाँ आर्थिक जरिवाना गर्ने निर्णय आयोजकले गरेको छ ।
सोमबारको खेलमा बागमतीविरुद्ध टाइब्रेकरमा जित निकाल्दै एपीएफ सेमिफाइनल प्रवेश गरेको थियो ।

# क्लबलाई कारबाही









-1761584666208.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)





