काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याट्सम्यान कुशल मल्लले त्रिकोणात्मक सिरिजको फाइनल खेलमा २० रन बनाएर आउट भएका छन् ।
टी ट्वान्टी क्रिकेट सिरिजको फाइनल खेलमा नेदरल्याण्ड्सविरुद्ध कुशलले २० रन बनाएका हुन् ।
उनी टिम वान डेरको बलमा आउट भएका छन् । कुशलले २ छक्का र १ चौका प्रहार गरे ।
कीर्तिपुर मैदानमा नेपालले टस जितेर ब्याटिङ्ग गरेको छ ।
प्रशिक्षक मोन्टी देसाईले फाइनल खेलको प्लेईङ सेटमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करन केसी, गुलसन झा, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, प्रतिश जिसी र अविनाश बोहोरालाई उतारेका छन् ।
सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल २ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको थियो ।
विश्वकप क्रिकेटको तयारी स्वरुप नेपालले टी ट्वान्टी त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।