काठमाडौं । टी ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले टस जितेको छ ।
मंगलबार कीर्तिपुर मैदानमा नेदरल्याण्ड्सविरुद्धको फाइनल खेलमा नेपालले टस जितेको हो ।
कप्तान रोहित पौडेलले टस जितेर ब्याटिङ्ग गर्ने निर्णय गरेका छन् ।
प्रशिक्षक मोन्टी देसाईले फाइनल खेलको प्लेईङ सेटमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करन केसी, गुलसन झा, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, प्रतिश जिसी र अविनाश बोहोरालाई उतारेका छन् ।
सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल २ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराएको थियो ।
विश्वकप क्रिकेटको तयारी स्वरुप नेपालले टी ट्वान्टी त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।
विश्वकप लिग टू अन्तर्गतका खेल खेल्न नेपाल आएको नेदरल्याण्ड्स र नामिबियालाई समावेश गरेर नेपाल क्रिकेट संघ क्यानले सिरिजको आयोजना गरेको हो ।