काठमाडौं । प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
शुक्रबार हुने पहिलो सेमिफाइनलमा नेपाल आर्मीले लुम्बिनी प्रदेशसंग प्रतिस्पर्धा गर्नेछ भने दोश्रोमा सुदूरपश्चिम प्रदेशले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीविरुद्ध खेल्ने छ ।
बिहीबार भएको खेलमा आर्मीले मधेश प्रदेशलाई ६–१ गोलले पराजित गर्यो । आर्मीका ‘प्लेयर अफ द म्याच’ सीतामाया बल र कमला चन्दले २–२ तथा सीमा खड्का र ममता भट्टले १–१ गोल गरे ।
मधेशकी भूमिकाकुमारी महतोले सान्त्वना गोल फर्काइन् ।
सुदूरपश्चिमले लुम्बिनीलाई ५–० गोलले हरायो ।
सन्जनाकुमारी भरातीले ह्याट्रिक गरिन् भने बुलबुल कुमारीले २ गोल थपिन् । सुदूरपश्चिमकी सरिता उराव झागढ ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।