काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल २०२४ को खेल तालिका सार्वजनीक भएको छ ।
भारतीय क्रिकेट बोर्ड बीसीसीआईले सन् २०२४ को आईपीएलको सुरुवाती २१ खेलको तालिका सार्वजनीक गरेको छ ।
आईपीएल मार्च २२ बाट सुरु हुने तालिका छ । सार्वजनीक तालिका अनुसार १७ दिनमा २१ खेल हुनेछ । ती २१ खेल १० शहरमा हुनेछ ।
आईपीएल २०२४ को पहिलो खेल महेन्द्र सिंह धोनीको चेन्नई सुपर किंग्स र फाफ डू प्लेसिसको रोयल च्यालेन्जर्स बेंग्लोरबीच मार्च २२ मा हुनेछ ।
सुरुवातको १७ दिनमा रोयल च्यालेन्जर्स बेंग्लोर, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्सको सबैभन्दा धेरै ५–५ खेल हुनेछ ।
चेन्नेई सुपर किंग्स, सनराइजर्स हैदरावाद, मुम्बई इन्डियन्स, राजस्थान रोयल्स, लखनउ सुपर जायन्ट्स र पन्जाब किंग्सले ४–४ म्याच खेल्नेछन् । कोलकत्ता नाईट राइडर्सले मात्र तीन खेल खेल्नेछ ।
